काठमाडौँ, साउन ३१ गते। राजधानीका विभिन्न ठाँउहरुमा बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
तीमध्ये पाँच जना तोडफोडमा संलग्न भएकै अवस्थामा थिए । त्यस्तै बल्खुबाट आठ जना प्रदर्शनकारी पक्राउ परेको प्रहरी नायब निरीक्षक अम्बरबहादुर रावलले जानकारी दिनुभयो । बन्दकर्ताले राजधानीमा दुई बस तोडफोड गरेका छन् । त्यस्तै पत्रकार ऋषि धमला चढेको बा५च ४७७८ नंको कारमा पनि बन्दकर्ताले आक्रमण गरेका छन् ।



तपाईको प्रतिक्रिया