काठमाडौ साउन ३० गते । भोली र पर्सीको बन्द सफल पार्नका लागि शान्तिपूर्ण ढंगबाट निकालिएको मसाल जुलसमाथि प्रहरीले दमन गरी जुलुसमा सहभागी संघीय समाजवादी फोरमका नेता तथा कार्यकताहरु गिरप्तार गरेको सो पार्टीले जनाएको छ ।
पार्टीका अनुसार रत्नपार्कमा प्रहरीले जुलुसमा हस्तक्षेप गरेको हो । रत्नपार्कमा मसाल जुलुस समाप्तीपछि अर्को जुलुस निस्केको छ । जहाँ संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठज्यूले सम्बोधन गरिरहनु भएको थियो । यसअघिको मसाल जुलुसको समापन भने पार्टीका उपमहासचिव रणध्वज कङदङवाले गर्नुभएको थियो ।
प्रहरीको गिरप्तारीमा पर्नुभएको नेताहरु लालबहादुर तामाङ, सञ्जय यादव,
सुबास लाबुङ, मनरत्न शाक्य, दिपक जिरेल, सरिता राई, अशोक राई,
आशिष सुनुवार, चन्द्रदिप राई रहेका छन् ।



तपाईको प्रतिक्रिया