यही २०७२ साउन २८ गते कैलालीको टिकापुरमा आयोजित थारु समुदायको विशाल आमसभामा संघीय समाजवादी फोरम, नेपालको अध्यक्षको हैसियतले सम्बोधनका क्रममा बोल्दै नबोलेको कुरा केही संचारमाध्यमका र सामाजिक संजालमा आएकोले त्यस्ता तथ्यहीन, आधारहीन, पूर्वाग्रही, कपोलल्पित र षड्यन्त्रमूलक ढंगले लेखेको समाचारप्रति दुःख व्यक्त गर्दछु । केही संचारमाध्यम र सामाजिक संजालमा केही प्रायोजित युजरहरुले साम्प्रदायिक, षड्यन्त्रमूलक एवं पूर्वाग्रहीढंगले गरेको टिप्पणीप्रति मेरो पूर्णअसहमति र आपत्ति छ । वर्षौदेखि शोषित र पीडित रहेका थारु, मधेशी, आदिवासी जनजाति तथा दलित समुदायहरु अफ्नो अधिकार र पहिचानका लागि राज्यविरुद्ध सडकमा उत्रिँदा उनीहरुको आन्दोलनलाई बद्नाम गर्ने कुत्सित् मानसिकताले भ्रामक समाचार संप्रेषण गरिएको हाम्रो ठहर छ । समाचारमा भनिए अनुसार सो कार्यक्रममा कसैले पनि सामाजिक सद्भावमा आँच आउने अभिव्यक्ति नदिएको र स्थानीय जनताले कुनै पनि प्रकारको अवरोध सिर्जना नगरेको प्रष्ट पार्न चाहन्छु ।
राज्य पुनर्संरचनामा पहिचान र प्रादेशिक स्वायत्तता लगायत विभिन्न मागसहित आन्दोलनरत थारु समुदायको सबै विरोधका कार्यक्रमप्रति हाम्रो पूर्ण समर्थन र ऐक्यबद्वता छ । त्यसैले, अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरी पनि कमैया, दास बनाइराख्ने र उनीहरुलाई स्रोतसाधनबाट बञ्चित गर्न षड्यन्त्रमूलक ढंगले गरिएको प्रदेशको सीमांकनको विरुद्ध पहिचान, समानुपातिक समावेशीकरण र प्रादेशिक स्वायत्तताका लागि जारी आन्दोलनलाई उत्कर्षमा पु¥याउन थारु समुदायलाई समर्थन गर्दछु ।
आम मधेशी, आदिवासी जनजाति, दलित, महिला, उत्पीडितवर्ग, सीमान्कृत समुदायको अधिकार, पहिचानसहितको संघीयता र प्रादेशिक स्वायत्तता, समानुपातिक समावेशीकरण तथा सबै खाले विभेदहरुको अन्त्य गर्न जनताको संघर्षलाई उत्कर्षमा पु¥याउन र जिम्मेवार तथा महत्वपूर्ण भूमिका निर्वाह गर्न आमसंचारमाध्यम र सामाजिक संजालका सबै प्रयोगकर्ताहरुलाई अपील
गर्दछु । ३१ साउन २०७२
संघिय समाजवादी फोरम नेपालको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
उपेन्द्र यादव
अध्यक्ष— संघीय समाजवादी फोरम, नेपाल


तपाईको प्रतिक्रिया