Khadya Bibhag

गच्छदारले भने, ‘पार्टीमा गुड वाई नमस्ते भइरहन्छ, ज–जसलाई पार्टी छाडेर जानुछ जानुस्’

काठमाडौ साउन २९ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफ्ना पार्टीका नेताहरुलाई जजसलाई पार्टी छाडेर जानुछ जानुस् भनि जवाफ दिएका छन् । दुई दिनदेखि पार्टी कार्यालयमा जारी राजनीतिक समितिको बैठकमा ६ प्रदेशका कारण अध्यक्ष गच्छदारको चर्को आलोचना भएपछि गच्छदारले यस्तो जवाफ दिएका हुन् ।
उनले हिजोको बैठकमा आफेनो कुरा राख्ने क्रममा भने, ‘जसले जे भनेपनि आफूले नेपालको राजनीतिकमा इतिहास रचेको र यसलाई कसैले मेटाउन सक्दैन । तपाईहरु जति विरोध गर्नुस् अरुले जति पुतला जलाओस मैले गरेको निर्णयबाट म कुनै पनि हालतमा ब्याक हुँदैन । कसैले गोली हानेपनि म आफ्नो निर्णयबाट ब्याक हुँदिन ।
अध्यक्षबाहेकका अन्य सबै नेताहरुको दवावमा हिजो (विहिवार) देखि पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ । सो बैठक आज पनि पार्टी कार्यालयमा विहान ८ बजेदेखि जारी रहेको छ । हिजो अध्यक्ष गच्छदारले नै बोल्ने क्रममा धेरै समय लिएपछि अन्य नेताहरु आफ्नो कुरा राख्न नपाएपछि बैठकलाई आजसम्मका लागि सारिएको हो । उनले पार्टीहरुमा गुड वाई नमस्ते भइरहन्छ जसलाई बस्नु छ बस्नुस् जसलाई जानु छ जानुस् भनि कडा जवाफ दिएका थिए । उनले आफूलाई मधेशवादी दल (मधेशी मोर्चा) का नेताहरुले इगनोर गरेको कारण यस्तो कदम उठाएको पनि धारणा राखेका थिए ।
उनीहरुले आफूलाई नसमेटे के आफ्नो राजनीतिक केरियर दावमा लगाएर राजनीतिक गर्ने त प्रश्न गर्दै भने अब सविधान निर्माण कसैले रोक्न सक्दैन र यो इतिहास रच्ने काम आफूले गरेको धारणा राखेका थिए । दुई घण्टाभन्दा बढी समय लिएर बोलेका गच्छदारले अधिकाँश समय आफैले आफैलाई प्रशंसा गरेर समय विताएको स्रोतले बताए ।

तपाईको प्रतिक्रिया