३०,३१ र ३२ गते मधेश बन्द आह्वन घोषणा (विज्ञप्ति सहित)

वीरगञ्ज साउन २८गते । संबिधान सभाको मस्यौदा समितीमा चार दलको सहमती अनुरुप प्रस्तुत गरिएको ६ प्रदेशको खाका मधेस तथा मधेसी जनताहरुको हकमा नरहेकोले निरन्तर संर्घष गर्दै आएको नेपाल सदभावना पार्टीले आज एक प्रेस बिज्ञप्ती जारी गरी श्रावण ३० , ३१ र ३२ गते मधेस बन्दको आवहान गरेको छ । नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाद्वारा हस्ताक्षर गरी जारी गरिएको सो बिज्ञप्तीमा चार दलद्वारा प्रस्तुत ६ प्रदेशको खाकामा प्रदेश नं. २ अधिकार बिहिनी मधेस र अन्य प्रदेशमा मधेसी ,आदिवासी एव. थारुको पहिचानलाई पुर्ण रुपमा हत्या गरेकोले यसलाई अबिलम्ब सच्याउन सम्बन्धित दल संग आग्रह गर्दै बन्दलाई पुर्णरुपमा सफल बनाउन मधेसका सम्पुर्ण न्यायप्रेमी समुदाय संग आग्रह गरिएको छ । चार दलीय सिन्डिकेटले मधेसी जनजाति, आदिवासी, महिला र अल्पसंख्यकलाई अधिकारबाट बञ्चित गर्ने षड्यन्त्र रहेकोले अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नभएकोले तिन दिनको मधेस बन्द सफल बनाउने क्रममा साउन २९ गते साँझ वीरगञ्जमा मसाल जुलुश निकाल्ने पार्टीका केन्द्रिय सदस्य शिव पटेलले बताउदै तिन दिनको बन्द सफल पार्नका लागि मधेसका सम्पुर्ण न्यायप्रेमी जनता, उद्योगी,व्यवसायी, बिद्यार्थी ,युवा किसान, मजदुर ,यातायात व्यवसायी , कर्मचारी ,नागरीक समाज लगायत सम्पुर्णमा आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया