जनकपुरधाम, साउन २६ गते, साउन । जनकपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका–७ जानकीनगरका विशेश्वर प्रसाद दासको घरमा रंगरोगन गर्ने काम गरिरहेका भारत मधुवनी लहेरियाका उमेश साहको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
पानी खान धारोमा गएका साहको धारोमा जोडिएको पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको हो । साहको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया