Khadya Bibhag

बाराको कलैयामा बिरोध प्रदर्शन

कलैया -बारा_, साउन २६ गते । चार राजनीतिक दलले ल्याएको संबिधानको प्रारम्भिक मस्यौदा र ६ प्रदेशको संबिधानको खाकाको बिरोधमा बाराको कलैयामा बिरोध प्रदर्शन भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सम्मिलित दल र मोहन बैध नेतृत्वको नेकपा माओबादीले मंगलबार कलैयामा संयुक्त रुपमा प्रदर्शन सहित बिरोधसभा गरेका हुन् ।
मधेस बिरोधी मस्यौदा मुर्दाबाद, चार दलको सिन्डीकेट चल्दैन् लगायतका नारा लगाउँदै ती दलका नेता कार्यकर्ताहरुले कलैया स्थित रामजानकी मन्दिरबाट निकालेको र्याली शहिद चौकमा आएर बिरोध सभामा परिणत भएको थियो ।
सदभावना पार्टी बाराका अध्यक्ष सफिक अंसारीको अध्यक्षतामा भएको बिरोध सभामा संघिय समाजबादी फोरम नेपालका प्रकाश चौगाई, बच्चा राउत अहिर, तराई मधेस लोकतान्त्रिक पाटीका जितेन्द्र सिंह, जवाहिर भगत कुशवाहा, सदभावना पार्टिका जियालाल ठाकुर, तराई मधेस सदभावना पार्टीका रमेश यादव, धर्मेन्द्र यादव, र नेकपा माओबादीका सोभा कार्की लगायतकाले मन्तव्य राख्दै शोसित, पिडित र पछाडी पारिएका बहुसंख्यक मधेसी, आदीबासी जनजातीको भावना विपरित चार दलले संबिधान ल्याउँन खोजेकोे आरोप लगाए ।
उनीहरुले पहिचान सहितको संघियता नआए कडा बिरोधका कार्यक्रम गर्ने उदघोष गरे । चार दलले सार्वजनिक गरेको ६ प्रदेशको खाकामा मधेसलाई टुक्रा टुक्रा पारिएको प्रति आक्रोस पोख्दै नेताहरुले मधेसको पहिचानलाई टुक्रा पार्ने संबिधान लागु हुन नदिने प्रण समेत गरे । बिरोध र्यालीमा मधेस प्रतिको मायाको चिनो स्वरुप आई लभ मधेस र प्राउड टु बि अ मधेसी लिखित टिसर्ट समेत प्रदर्शन गरिएको थियो ।
चार राजनीतिक दलले ल्याएको संबिधानको प्रारम्भिक मस्यौदा र ६ प्रदेशको संबिधानको खाकाको बिरोधमा बाराको कलैयामा बिरोध प्रदर्शन भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सम्मिलित दल र मोहन बैध नेतृत्वको नेकपा माओबादीले मंगलबार कलैयामा संयुक्त रुपमा प्रदर्शन सहित बिरोधसभा गरेका हुन् ।
मधेस बिरोधी मस्यौदा मुर्दाबाद, चार दलको सिन्डीकेट चल्दैन् लगायतका नारा लगाउँदै ती दलका नेता कार्यकर्ताहरुले कलैया स्थित रामजानकी मन्दिरबाट निकालेको र्याली शहिद चौकमा आएर बिरोध सभामा परिणत भएको थियो ।
सदभावना पार्टी बाराका अध्यक्ष सफिक अंसारीको अध्यक्षतामा भएको बिरोध सभामा संघिय समाजबादी फोरम नेपालका प्रकाश चौगाई, बच्चा राउत अहिर, तराई मधेस लोकतान्त्रिक पाटीका जितेन्द्र सिंह, जवाहिर भगत कुशवाहा, सदभावना पार्टिका जियालाल ठाकुर, तराई मधेस सदभावना पार्टीका रमेश यादव, धर्मेन्द्र यादव, र नेकपा माओबादीका सोभा कार्की लगायतकाले मन्तव्य राख्दै शोसित, पिडित र पछाडी पारिएका बहुसंख्यक मधेसी, आदीबासी जनजातीको भावना विपरित चार दलले संबिधान ल्याउँन खोजेकोे आरोप लगाए ।
उनीहरुले पहिचान सहितको संघियता नआए कडा बिरोधका कार्यक्रम गर्ने उदघोष गरे । चार दलले सार्वजनिक गरेको ६ प्रदेशको खाकामा मधेसलाई टुक्रा टुक्रा पारिएको प्रति आक्रोस पोख्दै नेताहरुले मधेसको पहिचानलाई टुक्रा पार्ने संबिधान लागु हुन नदिने प्रण समेत गरे । बिरोध र्यालीमा मधेस प्रतिको मायाको चिनो स्वरुप आई लभ मधेस र प्राउड टु बि अ मधेसी लिखित टिसर्ट समेत प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया