काठमाडौँ, २२ साउन । भारतीय जनता पार्टीका महासचिव एवम् झारखण्डका पूर्व मुख्यमन्त्री अर्जुन मुण्डाले नेपाल र भारतबीचको सम्बन्ध प्राचीन, अन्योन्याश्रित र सौहाद्रपुर्ण रहेको बताउदै सुख दुःखको साथीको रुपमा यसलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नु भएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले नेपालमा सबैको सहमतिमा नयाँ संविधान जारी होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
उहाँले देशलाई बलियो र विकसित बनाउने मोडलको सङ्घीयता बनाउन सुझाव दिँदै त्यसले नेपाललाई विकसित हुन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महासचिव मुण्डाले धर्मको विषयमा यहाँ कायम रहेको विवाद नेपालकै राजनीतिक दल र नेपाली जनताले छलफल गरेर सहमतिमा निर्णय गर्नुपर्ने धारणा राख्नु भयो । रासस



तपाईको प्रतिक्रिया