Khadya Bibhag

नेपालगञ्जमा गएर राजेन्द्र महतोले गरे आत्मलोचना

काठमाडौ साउन २० गते । सदभावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेशवादी दलहरु विभाजन गरेर आफूहरुबाट गल्ति भएको स्वीकार गर्दै मधेशी पाटी विभाजन भएर १३ वटा  भयो र ती सबै मन्त्री बन्नलाई भएको बताए । उनले विगतमा भएको गल्तीलाई आत्मालोचना गरेको पनि बताए ।
उनले नयाँ बन्ने संविधान अन्तरिम संंविधानको भावना विपरित गएको र त्यसलाई कदापी पनि स्वीकार नगर्ने बताएका छन् । उनले अन्तरिम सविधानभन्दा पछाडि फर्किने प्रयत्न गरे मुलुकमा अनर्थन हुने चेतावनी दिँदै त्यस्तो नगर्न चार दलका नेतालाई आग्रह गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आज नेपालगञ्जमा आयोजित विरोध सभामा अध्यक्ष महतोले भने, अन्तरिम संविधान मधेसवादी दलको बटमलाईन हो, त्यसबाट दयाँ बयाँ गर्न मिल्दैन, बरु आफूहरुले कुनै नयाँ माग तेर्साएका भए भनोस् हामी त्यसमा छलफल गर्न तयार छौ तर अन्तरिम सविधान विपरित सविधान निर्माण गर्न दिनौ र त्यसलाई स्वीकार पनि गर्दैनौ ।

उनले  झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई समेत मधेसबाट छुटयाउने कुरा आफूहरुले अस्वीकार्य गरिसकेको बताउँदै ‘त्यो खाका आयो भने कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।  उनले मधेसी दल र नेताबाट विगतमा भएका स्वीकार्दै यसको लागि आत्मालोचना गर्न आफू तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया