काठमाडौ साउन २० गते । सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले झापा, सुनसरी, मोरङ्ग, कैलाली र कञ्चनपुर मधेसकै भुभाग भएकोले अहिले जाल झेल गर्न नपाईने भन्दै मुलुक कसै जमिन्दारी र विर्ता नभएको बताए ।
सविधानमा कुनै नयाँ कुरा खोजेको होइन, सहमति भए अनुसारको अन्तरिम संविधानको धारा १३६ को १ को क मा भएको व्यवस्थ अनुसार स्वायत्त मधेश प्रदेश हुनु पर्छ भन्दै उनले रगतले लेखिएको त्यो सहमति मेटाउन खोजे फेरि मुलुकमा रगत बग्ने चेतावनी दिए ।
उनले संविधानमा अल्पसँख्यकको अधिकार सुनिश्चित गर्न सविधान निर्माण गरिने भएकोले बहुसंख्यहरुको अधिकार आफै सुनिश्चित गर्नु पर्ने भन्दै राज्यको धर्म नहुने भएकोले राज्यले धर्म बोके अल्पसख्यकको अधिकार नजोगिने दावी पनि गरे । उनले हिन्दु राष्ट्र बनाउन नहुने भन्दै सर्वधर्मको अधिकार सुरक्षित हुनेपर्ने कुरामा जोड दिए ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले नेपाली जनताको सुझावलाई समेटेर सीमांकनसहितको ६ प्रदेश बनाउने विषय सहमति भईसकेको भन्दै विहीबार दिउँसोसम्म सबै विषयहरु टुङगिने दावी गरे । उनले भने–राज्य धर्म सापेक्ष हुन हुँदैन । अहिले हामी धर्म निरपेक्ष शब्दले सबैको भावना समेट्छ कि समेट्दैन हेर्दै छौ । धर्मलाई राजनीतिसँग जोड्नु हुँदैन यसले मुलुकमा डढेलो लगाउँछ ।’
एकीकृत नेकपा माओवादी प्रवक्ता दिनानाथ शर्माले ७ वर्षसम्म संविधान निर्माणको विषय छलफल भईसकेकोले अबको १० दिनमा संविधान जारी गर्न सकिने दावी गर्दै जनताको सुझावले १६ बुँदे सहमतिलाई अझै समृद्ध बनाएको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संविधान तयारी अवस्थामा रहेको तर जनताको केही गुनासो रहेकोले त्यसलाई सम्बोधन गर्ने प्रयास भईरहेको भन्दै साउनमसान्त भित्रमै संविधान जारी हुने ठोकुवा गरे ।



तपाईको प्रतिक्रिया