
पछिल्ला समयमा एक दर्जन भन्दा बढी म्युजिक भिडीयो र थुप्रै मेडिकल साइन्सका किताबहरु लेखेर चर्चामा आएका डा. सी.के.सिंह अब टिभी प्रोग्राममा पनी देखिने भएको छ!
Yes टेलिभिजनले शुरु गरेको Health Care प्रोग्रामको लागी प्रोग्राम प्रस्तोताको रुपमा डा. सी.के.सिंह लाई अनुबन्धित गरेको कुरा Yes टेलिभिजनका संचालक डा.अर्जुन सिंह ले बताए ! यो प्रोग्राम YES टेलिभिजनबाट प्रत्यक्ष् प्रसारण प्रत्येक शनिबार ९ बजे देखि १० बजे प्रसारण हुनेछ! दर्शकको प्रत्यक्ष् सहभागीता सहीत यस प्रोग्राममा सम्बन्धित हेल्थ विज्ञहरुको सल्लाह र सुझाब समेटिने छ!
यस्तै पेसाले चिकित्सक र लेखक हुन् डा. सी.के.सिंह तर, उनी अहिले स्वाथ्य पेसामा मात्र सिमीत छैनन् । आफ्नो पेसामा व्यस्तताका बावजुद पनि उनले समय निकालेर कला क्षेत्रलाई पनि अंगाल्दै आएका छन् । गीतका म्युजिक भिडीयो होस् या साना पर्दाका चलचित्र तथा ठुला पर्दाका चलचित्र सिके अचेल जताततै छाउन थालेका छन् ।
उनले रजतपट मा डेब्यु गरेका चलचित्र मखमली पनि तीज मा ऑल नेपाल रिलीज हुदै छ ! डा. सी.के.सिंहको अर्को परिचय समाजसेवी पनी हो उनी बाल बिवाह एबम दाइजो उन्मुलन राष्ट्रिय अभियान का सद्भावना दुत पनी हुन्
अध्ययापन पेसामा समेत रहेका सिंहसंग सर्सती हेर्दा त अभिनय र प्रस्तोताको लागी समय रहेको जस्तो देखिन्न । तर जुनै कामलाई रोकेर पनि अभिनय गर्ने सोचाइ रहेका सिंहले जहा इच्छा त्या उपाय भने झै जतिके ब्यस्त भए पनि समय मिलाउने गरेको बताउछन् ।
एकैचोटी चिकित्सक,नायक, प्राध्यापक ,लेखक र समाजसेबी जस्ता पेशामा लोकप्रियता पाएका डा. सी.के.सिंहले अब टेलिभिजन प्रस्तोताको रुपमा कतीको लोकप्रियता पाउछ भन्ने कुरा भविष्यले नै बताउनेछ!


तपाईको प्रतिक्रिया