‘तार से गिरा खजुर पे अटका’ उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले पुनर्गठन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अवस्था यस्तै भएको छ । प्रचण्डले नेतृत्व गरेको एमाओवादीसँग सम्बन्ध विच्छेद गरेर मधेशी मोर्चाले हिजो मोहन वैद्य नेतृत्व गरेको नेकपा–माओवादीसँग सम्बन्ध गाँसेको छ । मोहन वैद्यको पार्टीसँग अन्य पार्टी थरुहट तराई पार्टी, नेकपा (एकीकृत), संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, क्रान्तकारी कम्यूनिष्ट पार्टी पनि रहेका छन् ।
यसमा रहेका कुनै पनि पार्टी मधेशको मुद्दामा स्पष्ट छैन । मधेशले जुन मुद्दा उठाएर आन्दोलन शुर गरेका छन्, त्यसमा यी दलमध्ये कुनै दल सहमत देखिएका छैन । मोहन वैद्यको पार्टी त सविधानसभा विघटनको माग गर्दै कतियौ पटक आन्दोलन गरी नेपाल बन्द पनि गरेका छन् । जब मधेशवादी दल सविधानसभाबाट नै सविधान जारी हुनुपर्ने कतियौं पटक आन्दोलन गरेर मधेश बन्द गरेका छन् । मधेशको मुद्दामा प्रचण्ड जति स्पष्ट छ त्यति नै उल्झेका छन् मोहन वैद्य । मोहन वैद्यको मधेशको प्रतिको अवधारणा बुझ्न धेरै टाढा जानै पर्दैनन् उनका कार्यसमिति हेरे पुग्छ । कृष्ण सिह दनुवार एकजना मात्र पोलिटब्यूरोमा छन् । अरु जे छन् सबै सदस्यमा छन् । अरुसँग कुनै मतलब नै छैन ।
मधेशका प्रभावशाली नेता महेन्द्र पासवान शुरुदेखि वैद्यको पार्टीमा थिए । पटक पटक त्यहाँ मधेशको कुरा उनले उठाए । लिखित मौखिक आफ्ना कुरा राखे तर मधेशको हकमा पार्टी न टस भए न मस भए । बाध्य भएर त्यहाँबाट उनी निस्केर प्रचण्ड नेतृत्वको पार्टीमा फर्के । एकजना शिवराम यादव पनि त्यहाँ छन् तर त्यहाँ उनको कुनै मूल्यांकन छैन । उनी पनि निराश देखिएका छन् पार्टी नेतृत्वप्रति । मोहन वैद्य नै त्यस्तो नेता हो, जसले सार्वजनिक रुपमै एक मधेश एक प्रदेश कुनै पनि हालतमा हुन सक्दैनन् भनेको छ । मधेशमा नागरिकताको समस्या छैन, मधेशको आडमा थुप्र्रै भारतीयहरु नागरिकता लिएका छन् । मधेशी दल भारतबाट परिचालित रहेको कुरा पनि पटक पटक भन्दै आएका छन् आदि आदि ।
अर्थात मधेशको मुद्दामा मोहन वैद्य कुनै हिसाबले स्पष्ट छैन । अनि मधेशी मोर्चा कसरी कार्यगत एकता गर्न पुगे ? यो कार्यगत एकतामा सक्रिय रहेका तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले मोहन वैद्यको पार्टीसँग अरु कुनै मुद्दामा बहस भएका छैन, मस्यौदाको विरुद्धमा एकजुट भएर आन्दोलन गर्ने विषयमा मात्र कुरा भएको हो । उनको पार्टीसँग मधेशी दलको धेरै कुरामा असहमति छ तर मस्यौदाको विषयमा कुरा मिलेकाले त्यसलाई खारेज गर्नका लागि कार्यगत एकता गरेको बताए ।
अर्को थरुहट तराई पार्टीको कुरा गरौं । त्यो पार्टीले त नेपालमा मधेश छ भनेको कुरा स्वीकार गरेका छैन । मधेशवादी दलले एक मधेश एक स्वायत्त प्रदेशको कुरा उठाउँदा सो पार्टीको जन्म भएको हो । अहिले आएर कुन विन्दुको कसरी कुरा मिल्यो जो यस्तो दोस्ती भयो । अरु साना दललाई मधेश र मधेशी मुद्दासँग कुनै मतलब नै छैन । कतिपय यस्ता दलहरु छन् जसले आठ बुँदे सम्झौताको विरोध पनि गरेका छन् । कतिपयले १६ बुँदे सम्झौताको समर्थन पनि गरेका छन् तर अच्चम तरिकाले मधेशी मोर्चासँग दोस्तीको हात बढाएको छ । अहिले कमजोर भएको अवस्थामा कार्यगत एकता गर्न तयार भए भोली अवस्था अलि बलियो होस् अनि प्रचण्ड जस्तै सडकमै छाडेर भाग्दैनन् भनि भन्न सकिदैन ।
मधेशमा जय प्रकाश गुप्ताको तराई मधेश राष्ट्रिय अभियान, मातृका यादवको मधेश आन्दोलन समिति पनि छन् । राजकिशोर यादव नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) पनि छ, अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी, शरत सिह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, अमर यादव र भाग्यनाथ गुप्ताको पार्टी पनि छ । मधेशमा यस्ता थुप्रै संगठनहरु छन् जो मोर्चामा रहेर आन्दोलन गर्न तयार छन् । मधेशका लागि जस्तो सुकै मूल्य चुकाउन तयार छन् । उनीहरुले पटक पटक बृहत मोर्चा बनाउन आग्रह गर्दै आएका छन् तर मधेशी मोर्चाका यी चार नेताहरु मोर्चालाई सिन्डिकेटको रुपमा राखेर अरु मधेशी संगठनहरुलाई छिर्न नदिई अरु गैर मधेशी संगठनसँग सहकार्य गरी पटक पटक धोका खाएका छन् र मधेशलाई धोका दिँदै आएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवले मधेशी मोर्चा फेरि अर्को भुल गरेको टिप्पणी गरे । यसअघि प्रचण्डसँग यस्तै कार्यगत एकता गरेर धोका खाए तर पनि चेत नखुलेका नेताहरुले मोहन वैद्यसँग एकता गरेको भन्दै प्रचण्डभन्दा पनि ठूलो धोका वैद्यबाट हुने उनले ठोकुवा गरे । उनले मधेशमा थुप्रै दल तथा संगठनहरु छन् जो सँग कार्यगत एकता गरेर ठूलो शक्ति निर्माण गरेर आन्दोलनमा जान सकिन्छ र त्यो सजिलो पनि हुन्छ तर मधेशमा भन्छन् नि घर के बथुवा तीत त्यस्तै भएको छ मधेशी मोर्चाका लागि भनि टिप्पणी गरे ।
सविधानसभाको दोस्रो चुनावपछि पनि मधेशी मोर्चा गठनका लागि पटक पटक प्रयास भएको तर यी मधेशी नेताहरुले एक अर्कालाई स्वीकार नगरी प्रचण्डको घरसम्म पुगेका थिए । आफूमा मिल्न नसक्ने तर प्रचण्डले बोलाएपछि सातै आठै जना नेता खुरुखुरु लाजिम्पाट र पेरिसडाँडा जाने गरेका थिए । चुनावमा हारेर पेरिस डाँडामा शोक मनाइरहेका प्रचण्डलाई ३० दलीय गठबन्धनको नेता बनाएर मेचीदेखि महाकालीसम्म यात्रा गराएका थिए । यहाँसम्म कि मधेशमा पनि ठाउँ ठाउँमा कार्यक्रम गरेर मधेशी जनताबाट जय जयको नारा लगाउन लगाएका थिए तर अन्त्यमा के भयो त्यो ती नेताहरुको सामुनै नै छ । प्रचण्ड र वैद्य एउटै स्कूलिगंबाट आएको कुरा यी मधेशका नेताहरुले किन बुझद्दैनन् । या बुझेर बुझ पचाएको हो कि पनि शंका हुन थालेको छ ।
तर, वैद्य पार्टीका नेता शिवराम यादवले भने, यो कार्यगत एकता धेरै पहिला गर्नुपथ्र्यो । प्रचण्डले मधेशीलाई धोका दिन्छ भने कुरा स्पष्ट थियो तैपनि उनीहरुले प्रचण्डसँग गठबन्धन बनाएका थिए तर आज त्यो कुरा बुझेर नै आफ्नो पार्टीसँग कार्यगत एकता गरेको हो, जे जे मुद्दामा कुरा मिलेको छ त्यसमा अगाडि बढ्ने नमिलेको कुरामा छलफल गर्दै अगाडि बढ्ने हिसाब कार्यगत एकता भएको हो ।’
मधेशी मोर्चा १६ बुँदे सम्झौतदेखि मस्यौदा निर्माणसम्मलाई सशक्त रुपमा विरोध गर्दै आएका छन् । मधेशी जनताले आफ्नो शक्ति राज्यलाई देखाई सकेका छन् । मधेशी मोर्चाको एक इशारामा बलिदान हुन तयार, रगत बगाउन तयार मधेशी जनताले के कमी कमजोरी गर्यो जसले गर्दा मधेशी मोर्चालाई मोहन वैद्यलगायतका दलसँग कार्यगत एकता गर्न बाध्य पार्यो यसको जवाफ मधेशी जनतालाई दिनुपर्छ । यसअघि प्रचण्डका लागि रगत बगाएका मधेशी जनता अब वैद्यका लागि रगत बगाउनु पर्छ ? यसअघि प्रचण्डका लागि जय जय गर्ने मधेशी जनता अब वैद्यका लागि जय जय गर्नुपर्छ ? यसअघि सिरहाबाट प्रचण्डलाई जिताएका मधेशी जनता अब वैद्यलाई पनि जिताउनु पर्छ ? यसको जवाफ मधेशी जनताले खोजेका छन् । मधेशका यी चार नेताले भन्दैमा अब मधेशी जनता पटक पटक नेता फेर्न बोली फेर्न तयार छैन ।
![]() |
| कार्यगत एकतापछि जारी गरेका आन्दोलनका कार्यक्रम |




तपाईको प्रतिक्रिया