Khadya Bibhag

महाभुकम्पले चर्काएको पर्खाल भत्किँदा बालिकाको मृत्यु

सर्लाही, २० साउन । सर्लाहीको चन्द्रनगरमा पर्खालले थिचेर एक बालिकाको घटना स्थलमै ज्यान गएको छ । महा विनाशकारी भुकम्पले चकाृउको पर्खाललाई मर्मत नगरि त्यस्तै रहेको अवस्थामा वालिका  पर्खाल नजिकै नुहाइरहेको वेला च्यापिएर मृत्यु भएको जानकारी स्थानियले दिए ।
पर्खालमा च्यापिएर ज्यान जानेमा सर्लाहीको चन्द्रनगर गाविस वडा नम्वर १ का गोपाल साहकी ९ वर्षीया छोरी बिनिता साह रहेकी छिन् । उनी  हिजो साँझ आफ्नै हयाण्ड पाइपमा नुहाई रहेकी अवस्थामा नै बालिकाको छिमेकी रामप्रताप पण्डितको घरको पर्खाल भत्किँदा च्यापिएर ज्यान गएको ईलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ । पर्खाल वैशाख १२ गते गएको भूकम्पका कारण चर्किएर जिर्ण बनेको थियो । कुुने मर्मत सम्भार नगरि अटेरी गरेकोले घटना घटेको कुरा इलाका प्रहरीले वताए ।

तपाईको प्रतिक्रिया