मध्यप्रदेश, २० श्रावण । भारतको मध्यप्रदेश राज्य भोपालमा रेल दुर्घटनामा कम्तीमा २० जनाको मृत्यु भएको छ । दुईवटा रेलका केही डिब्बा लिकबाट बाहिरिएपछि सो दुर्घटना भएको हो ।
हरदाबाट २५ किलोमिटर टाढा खिढकिया र भिंगरी गाउँको बीचमा मंगलबार राति स्थानीय समयअनुसार ११ः४५ बजे सो दुर्घटना भएको हो । कामायनी एक्सप्रेस र जनता एक्सप्रेसका केही डिब्बा लिकबाट बाहिरिएर दुर्घटना भएको जनाइएको छ ।
रेलवे सेवाका अधिकारीहरुका अनुसार लिकमा पानी जमेका कारण सो दुर्घटना भएको हो । कामायनी एक्सप्रेसको अन्तिम डिब्बा र जनता एक्सप्रेसको इन्जिन र केही डिब्बा लगभग एकै समयमा अलग–अलग लिकबाट उछिट्टिएको जनाइएको छ ।



तपाईको प्रतिक्रिया