Khadya Bibhag

यसरी बेचिन्छ, डान्सबार र मसाज सेन्टरकी युवतीहरु


काठमाडौँ । नेपाली चेलीहरुले परिवारको आर्थिक स्थिती र गरिबीबाट मुक्ति पाउने आस र विलासी जीवन बिताउने रहरमा गाउँबाट सहर पसेका युवती डान्सबार तथा मसाज सेन्टरमा काम गर्न थालेपछि दलालमार्फत काठमाडौंमै बेचिने गरेको रहस्य खुलेको छ ।
मानव अधिकार लगायतको महिला अधिकार आयोगहरुले यतिका दिनसम्म चेलीवेटी वेचविखन तथा महिला हिंसा भइरहेकोमा संघ संस्थाले आफ्नो ठाँउवाट काम गरिरहेको भए तापनि हालैमा भएको उक घटनाको लागि मानव बेचबिखन नियन्त्रण गर्न बनेको विशेष कार्यदलले अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो । कार्यदलका संयोजक एवं प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख डीआईजी मिङमार लामा भन्छन, ‘अफ्रिकी मुलुकमा भइरहेको मानव तस्करको पछिल्लो तथ्य केलाउँदा केही युवती काठमाडौंकै डान्सबार र मसाजमा पहिले नै बिक्री भइसकेको पाइयो ।
डान्सबार र मसाजसेन्टरवाट पनि धेरै पैसा र सुख शैल जविन जिउने अभिलाशाका साथ युवतीहरुले राजीखुसी दलालमार्फत विदेश जाने गरेको पाइयो ।’ उनका अनुसार महँगा मोबाइल, पैसाको लालच र सुखमय जीवन बिताउने चाहमा उपत्यकासँग जोडिएका जिल्लाका गाउँबाट युवती दलालमार्फत काठमाडौंका डान्सबार, मसाज सेन्टर र क्याबिन रेस्टुराँमा काम गर्न आइपुग्छन् । र यहाँवाट दलालहरुले लोभ देखाइ चेलीहरुलाई विदेश पठाउने जस्ता कुराहरु सार्वजनिक भएको छ ।

डान्सबार, मसाज सेन्टर र क्याबिन रेस्टुराँमा यौन दुव्र्यवहारका घटनालाई पचाएका त्यस्ता युवती खाईपाई आएको तलबभन्दा चार गुणा बढी पाइने भनेपछि विदेश जान हतारिने गरेको डीआईजी लामाले बताए । उनले भने, ‘२५ देखि ३० हजार तलब पाइरहेका युवतीलाई त्यस्तै काम गर्दा डेढदेखि दुई लाख रुपैयाँसम्म तलब आउँछ भनेपछि हामफालेर बिदेसिन तयार हुन्छन् । दलालले पनि त्यही चाहेको हुन्छ। ती युवतीले पछि मात्रै आफू बेचिएको थाहा पाउँछिन, अहिले देखिएको तथ्य यही हो ।’ लामाले श्रम विभाग, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र प्रहरीबीच समन्वय नहुँदाको फाइदा दलालले उठाइरहेको बताए।
‘डान्सबार, मसाज तथा रेस्टुराँमा अनैतिक क्रियाकलापको अनुगमन श्रमले गर्नुपर्ने हो तर गरेजस्तो लाग्दैन। विदेशमा काम गरेर आउने युवतीको लगत राख्ने काम अध्यागमनको हो। तर यी निकायले गरेको अध्ययन नेपाल प्रहरीलाई दिइँदैन। अनुसन्धान गर्न पनि धेरै गाह्रो हुन्छ,’
लामाले भने, ‘जिम्मेवार निकाय संवेदनशील नहुँदा युवती तस्करी गर्ने दलालले फाइदा लिएका छन्।’ उनले संगठित रूपमा युवतीलाई बिक्री गर्ने गिरोह सक्रिय भइरहेको र कार्यदलले त्यसतर्फ गम्भीर अनुसन्धान गरिरहेको बताए।लामाले विनाशकारी भूकम्पपछि भारतसँगै, दुबई, तान्जेनिया, केन्या, काजकिस्तानलगायतका मुलुकमा युवती तस्करी हुने गरेको जानकारी पनि दिए।
दलाल गाउँगाउँ गएर सोझसाझा युवतीका अभिभावकलाई काम लगाइदिने भन्दै काठमाडौं ल्याउने र केही दिनपछि विदेशमा बिक्री गर्ने शृंखला बढेको आशंका प्रहरीको छ। ‘मानव तस्करको जालो भयंकर छ। यसलाई तोड्न सरकारी संयन्त्र एक हुनु आवश्यक छ’, उनले भने।


भारतबाट २७ युवती फकाईयो
मानव तस्करले वैदेशिक रोजगारका लागि चोर बाटो प्रयोग गरी भारतको नयाँदिल्ली पुर्‍याएका २७ युवतीलाई नेपाल फर्काइएको छ। दुबईको डान्सबारमा काम गराउन ती युवतीलाई तस्करले दिल्ली हुँदै दुबई लैजाने तयारी गरिरहेकै बेला दिल्ली प्रहरीले उद्धार गरेको थियो।
भारतस्थित नेपाली दूतावास र महिला मन्त्रालयको समन्वयमा युवतीलाई मंगलबार अपराह्न नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं फर्काइएको हो। ती युवतीलाई कसरी दलालले दिल्ली पुर्‍याए भन्नेबारे सीआईबीको अनुसन्धान केन्द्रित रहनेछ। विमानस्थलमा महिला मन्त्रालयका प्रतिनिधिसमेत पुगेका थिए।

फोटो स्भारतको नयाँदिल्‍ली हुँदै संयुक्त अरब इमिरेट्‍स जान लागेका बेला उद्धार गरिएकी नेपाली युवती। २७ जना नेपाली युवतीको उद्धार गरी नयाँदिल्‍लीसथित नेपाली दूतावासले उनीहरुलाई नेपाल पठाएको हो। तस्बिरस् रजेन्द्र केसी
प्रहरी मुख्यालयका एसएसपी कृष्णप्रसाद गौतमले फर्काइएका युवतीको बयान लिएर अनुसन्धान सुरु गर्ने बताए। उनले भने, ‘रेस्क्यु गरेर नेपाल फकाईएको छ। अब युवतीले उजुरी दिएपछि अनुसन्धान सुरु गर्छौं।’
विमानस्थलको भीभीआईपी गेट प्रयोग गरेर युवतीलाई प्रहरीकै गाडीमा सीआईबी पुर्‍याइएको थियो। सीआईबी प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले भने, ‘हामीले युवतीबाट जानकारी लिइरहेका छौं। दुईतीन दिनपछि केही तथ्य बाहिर ल्याउँछौं।’ सीआईबीले २७ जना युवतीलाई माइती नेपालमा पठाएको छ ।
फर्काइएका युवती
खोटाङका मालती राई र लक्ष्मी राई, सिन्धुपाल्चोकका पूजा तामाङ, सबिता, सोनाम डोल्मा, अम्मो, शर्मिला थापा, पेमा झोकी र याङजी लामा, उदयपुरकी शोभाकुमारी परियार, नवलपरासीका कृष्णादेवी विक र फूलकुमारी, उदयपुरकी कमला, झापाका कल्पना र उमा भुजेल, काभ्रेका सम्झना र मास्लोमाया तामाङ, दाङकी शिला, रूपन्देहीकी किस्नु, धादिङकी कालीमाया तामाङ घले, रामेछापकी सुकमाया घिसिड, नुवाकोटका छेगुडोल्मा तामाङ र शारदा तामाङ, गोरखाकी मोनिका भण्डारी, सोलुखुम्बुका लक्ष्मी तामाङ र अनसोपा शेर्पा र चितवनकी उरमाया थिङ ।

 अन्नपूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया