Khadya Bibhag

दशै भरि एसएलसी पुरक परिक्षा आज देखी सुरु

काठमाडौँ २० साउन । एलएलसीको पुरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको परीक्षा आगामी साउन २७ गते सम्म चल्ने छ । परिक्षामा दुई ओटा विषयसम्म अनुतिर्ण रहेको परिक्षर्थीहरु मात्र परिक्षामा समिलित भउको छ ।
परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले गत चैतमा भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा आजदेखि पूरक परीक्षा संचालन गरेको हो ।
परीक्षामा देशभरबाट परीक्षा नियन्त्रक विष्णुवहादुर द्वारेको अनुसार एकलाख २४ हजार २५१ परीक्षार्थी सहभागि रहेको जानकारी दिनु भयो । परीक्षाका लागि मुलुकभर २ सय ४७ वटा परीक्षा केन्द्र रहेका छन् । एक केन्द्रमा १ जना केन्द्राध्यक्ष दुई जना सहायक केन्द्राध्यक्ष तथा २५ जना विद्यार्थी बराबर एक जना निरिक्षक खटाईएको छ ।
यसवर्ष सबभन्दा बढी गणित विषयमा, त्यसपछि अंग्रेजी र विज्ञान विषयका परीक्षार्थी रहेका छन् । परीक्षा बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सम्पन्न हुने छ । परीक्षाको पहिलो दिन आज विद्यार्थीहरुले अनिवार्य अँग्रेजीको जाँच लेखिरहेका छन् ।

तपाईको प्रतिक्रिया