Khadya Bibhag

दलित अधिकारकर्मीको आक्रमण, थर्ड एलायन्सद्धारा निन्दा (विज्ञप्ती सहित)

काठमाडाF}, २० साउन । बबरमहलमा दलित अधिकारकर्मीको जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे नेपाल प्रहरीले औपचारिकरुपमा कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने ‘सभासदजस्तो मान्छेले प्रहरीमाथि हातपात गरेको हामीसँग फुटेज छ, आवश्यक परे पत्रकार सम्मेलन गर्न तयार छौं ।’
बबरमहलस्थित पुलमा बाटो अवरुद्ध गरेर प्रदर्शनकारीहरुले प्रहरीमाथि हातपात गरेको ती अधिकारीले आरोप लगाए । ‘बानेश्वर वृत्तका डीएसपी दानबहादुर कार्कीसहित हाम्रा १० प्रहरी घाइते भएका छन, उनीहरुले आक्रमण नगरेको भए प्रहरी घाइते हुन्थे’
अवरुद्ध गरिएको बाटो खुलाउन लाग्दा प्रहरीमाथि सभासदले समेत ढुंगा प्रहार गरेपछि झडप भएको प्रहरीको दाबी छ ।
सोमबार खुमबहादुर खड्का नेतृत्वको जुलुसमा घम्साघम्सी परे पनि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा नहानेका कारण झडप नभएको ती अधिकारीले बताए । ‘उनीहरुले निशेधित क्षेत्र तोडेनन्, प्रहरीमाथि हातपात गरेनन्, ती प्रहरी अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, मंगलबार सभासदजस्तो मान्छेले प्रहरीमाथि आक्रमण गरेको प्रमाण हामीसँग छ, हामीले त्यहाँ सुरक्षा नदिएको भए दर्जनौं सवारी साधनमाथि तोडफोड हुन सक्थ्यो । हामीमाथि आक्रमण भएपछि भीडलाई तितर वितर पार्दा हाम्रो तर्फबाट पनि केही बल प्रयोग हुनु स्वाभाविकै हो ।’
प्रहरीले आफूसँग फुटेज सुरक्षित रहेको र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए पनि दलित अधिकारकर्मीहरुले चाँहि शान्तिपूर्ण जुलुसमाथि प्रहरीले बर्बर दमन गरेको आरोप लगाएका छन् ।
बबरमहल घटनाका सम्बन्धमा सत्तापक्षकै सभासदहरुले व्यवस्थापिका संसदमा प्रहरीको चर्को विरोध गरेका छन् । गृहमन्त्रीले यसबारे माफी माग्नुपर्ने सभासदहरुले माग गरेका छन् ।
बबरमहल घटनाबारे सरकारका तर्फबाट बुधबार गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा स्पष्टीकरण दिने कार्यक्रम छ ।
यस्तै थर्ड एलायन्सका मानव अधिकार अधिकृत रन्धरि चौधरी र रक्षा राम हरिजनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित सभासद् समन्वय समिति र दलित नागरिक समाजको संयुक्त आयोजनामा संविधानमा दलित अधिकार सुनिश्चितताका लागि गरिएको शान्ति पुर्ण धर्ना तथा चक्काजाम कार्यक्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको कार्य प्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्रहरीले लाठी चार्ज गर्नुको साथै गाली गलौज र अमानवीय दुव्र्यवहार समेत गरेको छ ।
उक्त धर्ना कार्यक्रममा प्रहरीले लाठी चार्ज गर्दा कमला हेम्चुरी, दिनेश हरिजन, गणेश वि।क।, विनोद पहाडी, दलजीत श्रीपाली, रण बहादुर रम्तेल, जितु गौतम, रणेन्द्र बरायली, सहायक विश्वकर्मा, भद्रमान मोते, दुर्गा सोब, ओम कुमारी, सरु सुनार, बेल कुमारी वि।क। लगायत २६ जना दलित राजनीतिक तथा अधिकार कर्मीहरु घाइते भएका छन् । घाइते मध्ये कमला हेम्चुरीको खुट्टा भाँचिनुको साथै काँधमा नील डाम देखिएको छ । त्यसैगरी दिनेश हरिजनको समेत अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सिभिल हास्पिटल नयाँ बानेश्वरमा उपचारको लागि भर्ना गरिएको छ । घाइते दिनेश हरिजन र कमला हेम्चरीका अनुसार प्रहरीले लाठी, बुटले हान्नुको साथै साम्प्रदायिक शब्द प्रयोग गाली गलौज गरेका छन् ।
दलित संघर्ष समिति लगायतले संविधानको पहिलो मस्यौदामा दलितको हक अधिकार छुटेको भन्दै दलित मैत्री संविधान निर्माण गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले पहिलो संविधान सहमति गरेका विषयहरु उल्टाएकोले सहमति अनुसार नै गर्नु पर्ने बताउँदै आएका छन् ।
यसरी प्रहरीले आफ्ना अधिकारक्षेत्र भन्दा बाहिर गएर अत्यधिक बल प्रयोग गरेको छ । उक्त घटनाको यथासिघ्र छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा घाइतेहरुको तत्काल उपचार गर्न सरकारसँग माग गर्दछौं ।

तपाईको प्रतिक्रिया