काठमाडौ साउन १९ गते । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माआवादीसहित सात दल र संयुक्त लोकतान्त्रिक मधेशी मोचाले नेपाल बन्दको घोषणा गरेको छ । आज मोहन वैद्यको पार्टी कार्यालयमा बसेको बैठकले यी दलहरुबीच कार्यगत एकताको घोषणासँगै नेपाल बन्दको आह्वान गरेको हो । विगतमा भएको सम्झौताको विपरित यो सविधान आउन लागेको भन्दै मस्यौदाको खारेजको माग गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार उपेन्द्र यादव अधयक्ष रहेको संघीय समाजवादी पार्टीको कार्यालयमा साउन १८ गते र आज १९ गते वैद्यको कार्यालयमा बसेको दुई दिनको बैठकले संयुक्त रुपमा संघर्षमा नगए प्राप्त उपलब्धि गुम्ने खतरा रहेकाले सशक्त आन्दोलनमा जानु बाहेकको अर्को विकल्प नरहेको ठहर गरेको छ ।
साउन २१ गतदेखि ३१ गतेसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साउन २१ गतेदेखि २४ गतेसम्म प्रचार प्रसार तथा जिल्ला जिल्लामा कोणसभा, १९ गते तयारी बैठक, २६ गते जिल्ला जिल्लामा जनप्रदर्शन, ३१ गते देशैभरि मसाल जुुलुस र ३१ गते नेपाल बन्दको कार्यक्रम राखेको छ ।
चार दलले ल्याएको सविधानको प्रारम्भिक मस्यौदाको खारेजीको माग गर्दै कार्यगत एकता गर्ने दलहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी रहेका छन् । त्यस्तै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, थरुहट तराई पार्टी, नेकपा ९एकीकृत०, संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, क्रान्तकारी कम्यूनिष्ट पार्टीलगायत ११ दल रहेका छन् ।



तपाईको प्रतिक्रिया