काठमाडौ, १९ साउन । काग्रेंस पार्टीको निर्वाचित तथा प्रभावशाली नेता माननीय डा. अमरेश कुमार सिंहलाई सत्तारुढ दल कांग्रेसले पार्टी निर्णय विरुद्ध अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण पत्र काटेको छ । त्यो स्पष्टीकरण पत्रमा कांग्रेसको उच्च स्रोतका अनुसार संसदीय दलको कार्यलयले सिंहलाई, ‘तपाईलाई किन कारवाही नगर्ने ?’ भन्ने व्यहोरासहितको पत्र काटेको हो । साउन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संयुक्त रुपमा काँग्रेस संसदीय दल र केन्द्रीय कार्यसमितिको उपीसथतीमा कांगैस सभापति एवम प्रधानमन्त्री शुसिल कोइरालाको प्रस्ताव अनुसार सभासद् सिंहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री निवासमा भएको र काग्रेंस सभापतिको प्रस्ताव अनुसार निर्णयका आधारमा काग्रेंसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सोमवार साँझ सभासद् सिहलाई स्पष्टीकरण पत्र पठाएका हुन् । पत्र गोप्य भन्दै शिलबन्दी गरि पठाइएको स्रोतको भनाई छ । सभासद अमरेश कुमार सिंहले देश टुक्राउनेसम्मको अभिव्यक्ति दिएको आरोप पनि लागेको छ । साथै त्यसबाहेक सभासद् सिंहलाई शीर्ष नेतालाई होच्चाउने, भारतीय दूतावास चाहर्ने, अपारदर्शी गतिविधि गर्ने गरेको आरोप पनि काग्रेसभित्रैबाट लाग्ने गरेको छ स्रोतको भनाइ रहेको छ ।
सिंहले दूतावास जाने आफु पहिलो र अन्तिम नेता नभएको भन्दै काग्रेसभित्रकै अरु नेताको हैसियतमा पनि प्रश्न उठाएका थिए । स्पष्टिकरण पत्रमा ‘पार्टीको नीति, निर्णय र विधान विपरित तपाईका अभिव्यक्ति आएकाले यस विषयमा स्पष्ट खुलाई जवाफ दिनुहोला । यदि जवाफ दिनुभएन भने तपाईलाई किन अनुशासनात्मक कारवाही नगर्ने ?’ उल्लेख रहेको काग्रेस स्रोतले बतायो । सिंहले पछिल्लो पटक काग्रेसको निर्णय विपरित दलहरुवीच भएको १६ बुँदे सहमतिको विरोध जोडदार रुपमा गरेका थिए । काग्रेंस भित्र पनि सभासद सिंहले लिएको सुरक्षासहित सरकारी सुविधा प्रति पनि आलोचाना हुने गरेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा अमरेश कुमार सिंहले सर्लाही–निर्वाचन क्षेत्र नंं. ६ बाट तराई मधेश लोकतात्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई हराएर निर्वाचित हुनु भएको थिए । कांग्रेसले पठाएको स्पष्टीकरण पत्रमा सोधिएको प्रश्न प्रति सभासद् सिंहको कुनै अभिव्यक्ति तथा प्रतिक्रिया आईसकेको छैन ।



तपाईको प्रतिक्रिया