नेपालको राजनीतकमा चर्चित नाम र व्यक्तिमध्येका एक हुन् खोभारी राय । उनी आफ्नो गुण्डागर्दी शैलीले गर्दा बेला बेलामा चर्चा आउने गरेका छन् । कहिले ज्ञानेन्द्रको भ्रमणमा सक्रिय भएर त कहिले पारसासँग दारु पार्टी त कहिले आफ्नै नेतालाई पेस्तोल देखाएर चर्चामा आइरहने खोभारी राय अहिले ओझेलमा परेका छन् ।
सर्लाहीबाट जहिले पनि जिति राख्ने खोभारी रायको यसपाली समानत पनि जफ्त भएको छ । उनको जमानत जफ्त गराउने नेता हुन् तराई मधेश लोकतान्त्रिक पार्टीका नेता जंगीलाल राय यादव । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री समेत बनिसकेको खोभारी राय अहिले महेन्द्रराय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टीमा रहेका छन् । पटक पटक पार्टी परिवर्तन गर्दै आएका खोभारी राई महेन्द्र राय यादवको पार्टीमा भएपनि सक्रिय छैन ।
उनले आफ्नो राजनीतिक इतिहासमा दुई पटक चुनाव जितेका थिए । उनको पारिवारिक पृष्ठभुमि राजनीतिक ने थियो तर अहिले उनी राजनीतिक गतिविधीमा ओझेलमा छन् । यसरी राजनीतिक परिवारबाट आएका एक सफल राजनीतिकर्मीको छोरा जसले ,पटक पटक मन्त्री समेत बनिसकेको छ आजकल राजनीतिवाट निकै टाढा गइसकेको छ ।
बारम्बार कुनै न कुनै विषयलाई लिएर चर्चामा आइरहने खोभारी राय अहिले कहाँ किन अदृश्य बनेको छन्, के गर्दै छन् भने उनकै पार्टी अध्यक्षलाई थाहा छैन । कहिले हातहतियारको बारेमा त कहिले मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको र दुर्घटना परेको तथा कहिले केटीलाइृ लिएर हिडेको कारण पनि चर्चामा रही रहने व्यक्ति हुन् । तर आज निजी जीवनमा कहाँ छन् भनेर पनि उनकै दलका नेताहरुलाई थाहा छैन ।
विं.सं. २०५२ र ०५३ सालमा सत्ता समिकरण परिवर्तन गरि कहिले यता त कहिले उता भएर चर्चामा आएका खोभारी राय आजको मधेश आन्दोलनको राजनीतिमा कता ओझेल भएर बसेको छ । सर्लाहीका मधेशी जनताले दुई दुई पटक जिताएर संविधानसभामा पठाएको अहिले संविधानसभा सदस्य नभएको कारणले नजरमा नआइरहेको हो कि पनि भन्ने हरु छन् । उनी राप्रपा नेपालबाट राजनीतिक शुरु गरेर २०५२ भदौ २७ गते शेरवहादुर देउवाका मन्त्री मण्डलमा उनी राज्य मन्त्री भएका थिए । त्यसै गरि २०५३ फागुन २१ सालको लोकेन्द्र वहादुर चन्दको मन्त्री मण्डलमा फेरी पनि राज्य मन्त्री बन्नु भएका थिए । यसरी नै उनी विं.स २०६४ सालमा सर्लाही क्षेत्र नं. ५ वाट निर्वार्चित भएर लोकतान्त्रिक राजनीतिकमा सक्रिय भएका थिए । संघीय सद्भावना पार्टीको तर्फबाट २०६८ भदौ १२ गतेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा पुनः राज्य मन्त्री भएका थिए ।
यसरी पटक पटक मधेशको नाममा मन्त्री भइसकेका खोभारी रायलाई अहिले मधेश आन्दोलनमा आवश्यकता भएको बेला उनी आझेलमा परेका छन् । मधेशमा ४ र ५ गतेको भएको आन्दोलनमा पनि कहि कतै देखिएका थिएन । मधेशी राजनीतिकमा किन ओझेल हुनु भएको भनि जिज्ञसाका साथ सहारा टाइम्सले उनलाई पटक पटक सम्पर्क गर्ने प्रयास गरे तर कहिले गाडीमा छु त कहिले बैठकमा छु त कहिले कहाँ छु भनेर फोन कट् दिन्थे तर प्रतिकृया कहिले दिएन



तपाईको प्रतिक्रिया