मधेशको सबै अधिकारलाई तिलञ्जली दिँदै काँग्रेस, एमाले र एमाओवादी खेममा गएको अरोप चारैतिरबाट लाग्दै आएको छ । यसको कारण देखाउँदै उनको पुतलासम्म जलाउने काम भयो र यी सब उनी सत्ताका लागि मात्रै गरेको पनि आरोप लागेको छ । सत्ताविना गच्छदार रहन नसक्ने आरोप लागिरहेको बीचमा एउटा अर्को खबर पनि आएका छ ।
नयाँ सत्ता समिकरणमा अब सुशिल कोइराला प्रधानमन्त्री नरहने र एमालेका अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्री नबन्ने वतावरण बन्दै गएपछि गच्छदार रातारात नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको खेमामा गएका छन् । काँग्रेस पार्टी विभाजन हुँदा गच्छदार देउवा गुटमा थिए । स्रोत भन्छ, भारतले पनि ओलीलाई प्रधानमन्त्री बनाउन चाहेका छैन । ओली नबनेपछि देउवा प्रधानमन्त्री बन्ने लाइनमा देखिएको छ र सोही लाइन पाएर गच्छदार देउवाको पक्षमा लागेका छन् । गच्छदार अहिले देउवालाई काँग्रेसको सभापति बनाउनका लागि ठाउँ ठाउँमा लविगं गरिरहेका छन् । र, देउवाको घरमा आउने जाने पनि बाक्लिएको छ । उनी अहिले त्यही भएर राष्ट्रवादी कुरा पनि गर्न थालेका छन् । केही दिन पहिले आफ्नो पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै गच्छदारले आफ्नो लागि मधेश होइन नेपाल प्यारो भएको छ । पहिला नेपाल अनि मात्र मधेश त्यसैले आफू राष्ट्रिय राजनीतिकमा लागेको बताएका थिए ।



तपाईको प्रतिक्रिया