सविधानको प्रारिम्भिक मस्यौदामाथि साउन ४ र ५ गते ७५ जिल्लाको २४० क्षेत्रबाट सुझाव संकलन गरेको छ । सुझाव संकलन उत्साहजनक भएको सरकारी धारणा रहेपनि मधेशका २० जिल्लामा पूर्ण रुपमा अवरोध भएको छ र यो कुरा गृहमन्त्री वामदेव गौतमले समेत व्यवस्थापिका संसदमा स्वीकार गरिसकेका छन् । सुझाव संकलन कडा सुरक्षाबीच भएको छ । मधेशका कतिपय निर्वाचन क्षेत्रको सुझाव संकलन सशस्त्रको क्याम्पमा भयो भने कुनै नेताको नीजि घरमा भएको छ । मस्यौदामा सुझाव दिने भन्दा सुरक्षाकर्मीको उपस्थिति देखिएको थियो । शीर्षस्थ नेताहरुलाई कार्यक्रमस्थलबाट लखेटर पठाएका छन् भने प्रदर्शनको क्रममा प्रहरीसँग झडप पनि भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा मस्यौदा खोसेर मधेशी दलका कार्यकर्ताहरुले जलाएका छन् । आन्दोलनको क्रममा मधेशमै रहेका अधिकार कर्मी विजयकान्त कर्णले राज्यले जे जस्तो भने पनि मधेशमा सुझाव संकलन कार्य पूर्ण रुपले असफल भएको छ ।
सुरक्षाकर्मीको कडा घेरामा दुई चारजनाले सुझाव दिएका छन् त्यसको कुनै अर्थ नरहने बताउँदै सैयो कार्यकर्तालाई प्रहरीले घाइते बनाएको बताए । सुझाव संकलन कार्यक्रममा जानबाट सुरक्षाकर्मीले नै रोक लगाउँथे, त्यसले गर्दा भएको झडपमा थुप्रै मधेशी युवाहरु घाइते भएको बताउँदै कर्णले सुझावका सट्टा मधेशी युवालले आफ्ना रगत दिएका छन्, यो ट्रेलर हो पुरा पिक्चर आउन बाँकी छ यसबाट पनि राज्य सचेत भएन भने ठूलो मूल्य चुकाउनुपर्ने सन्देश मधेशले दिएको बताए । तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले मधेशी जनता कस्तो सविधान चाहन्छन् भने कुराको संकेत दिइसकेको छ अब राज्यले सोच्नुपर्ने बेला आएको छ । बल राज्यको कोर्टमा गएको छ, मधेशी जनताको क्रियात्क सकेतको नजर आन्दाज गर्यो भने त्यसको परिणाम राज्यले भोग्नै पर्छ र मधेशवादी दलपनि यसबाट सचेत हुनुपर्छ । मधेशवादी दलले पनि मधेशी जनताको भावनासँग यसपाली खेलबार गर्ने प्रयास गर्यो भने त्यसको नतिजा पनि बुरा हुने बताउँदै उनले मधेश आन्दोलनलाई कुर्सीसँग साट्ने प्रयास नहोस् भनि सचेत गराए ।
सोही पार्टीका अर्का नेता सुरेश मण्डलले ४ र ५ गते मधेशमा भएको आन्दोलनले मधेश विद्रोहको झझल्को दिइसकेको छ, र अब हुने मधेश आन्दोलन सम्झौताहिन हुने बताउँदै अब यो आन्दोलनमा मधेशवादी दलको हस्तक्षेप नरहने पनि सकेत गरे । उनी सिरहाको अन्दोलनमा थिए । रौतहटको आन्दोलनमा संलग्न सद्भावना पार्टीका नेता योगेन्द्रराय यादवले मधेशमा भएको यसपालीको आन्दोलनमा प्रहरीका व्यापक दमन देखियो । प्रदर्शनकारीलाई घरघरमा गएर पिटेका छन्, बालबालिकाहरु पनि बाटोमा समातेर कुटेका छन्, यस्तो निर्दय दमन मधेश आन्दोलनमा पनि नभएको उनले दावी गरे ।
रौतहटमा सुझाव संकलन कार्यको विरोध गर्दा त्यहाँका प्रहरीले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र सोही पार्टीकी सभासद् डिम्पल झामाथि दुरव्यवहार गरेका छन् । उनीहरुलाई घाइते पनि बनाएको छ । त्यस्तै सद्भावना पार्टीका कन्द्रीय सदस्य योगेन्द्र राय यादव र संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बबन सिहलाई पनि प्रहरीले घाइते बनाएको छ । त्यस्तै शेख जमसद, मुरुल र अनिल सिह घाइते भएका छन् । त्यस्तै बारा जिल्लामा रामबाबु यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जिनेन्द्र सोनल, सफिक अन्सारी, प्रमोद गुप्तालगायतका थुप्रै कार्यकर्ताहरु घाइते भएका छन् भने पर्सामा प्रदीप यादव, इम्दाद गद्दीलगायतका कार्यकर्ताहरु घाइते भएका छन् ।
सुनसरीमा सद्भावना पार्टीका सन्तोष मेहता, रामचन्द्र मेहतालगायतका कार्यकर्ता घाइते भएका छन् भने सप्तरीमा फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, दिनेश यादव, लक्ष्मण यादव, शम्भु यादव, युसुफ अली, दिनेश यादव, रामचन्द्र साह, बोकु गोस्वामीलगायतका कार्यकर्ता घाइते भएका छन् । धुनषामा तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लाल, रोषण जनकपुरी, सूर्यनारायण यादव, सुशिल कर्ण, पुष्पा मिश्रा, राजेश कर्ण, विभा ठाकुर र एक १२ वर्षीया बालकलाई पनि शख्त घाइते बनाएको छ । धनुषामा अन्य कार्यकर्ताहरु पनि घाइते भएका छन् जसको उपचार भइरहेको छ । त्यस्तै सिरहामा डा.विरेन्द्र महतो, रेणु शर्मा, विष्णु साह, सुरेन्द्र झा, रामकुमार मण्डल लगायतका कार्यकर्ताहरु पनि घाइते भएका छन् । मोरगंमा जयराम यादव, संजय सिह, अनिल झा, सरोज यादव, राजकुमार यादवलगायतका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ,
जनकपुरमा राय सुझाव संकलन गर्न आएका टोलीले सुझाव संकलनको औपचारिकता पूरा गर्न आएको भन्दै जनकपुरका युवाहरु आक्रोश पोखेका छन् । संविधानको सवालमा सरकारले मजाक गरेको भन्दै आक्रोशित यूवाहरुको ठुलो जमातले देश थर्काउने गरी २ दिने मधेश बन्दको घोषणा गरेको थियो । संघीयता, सिमांकन, अधिकार, पहिचान र नागरिकताका विवादीत केहि बुँदा सच्याउनका लागि संघर्षको आरम्भ मासले शंखनाद गरेको थियो । फोरम नेपालले विज्ञप्ति जारी गरी संविधानको प्रारम्भिक मस्यौदामाथि राय सुझाव लिने क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले देशव्यापी रुपमा पार्टीका नेता तथा कार्यकर्तामाथि चरम दमन गरेको प्रति घोर भ्रत्सना गरेको छ । प्रहरीको घेराबन्दी र बाक्लो उपस्थितिमा सुझाव संकलन गरेको भन्दै प्रहरीको दमनबाट सप्तरीमा पार्टीका दिनेश यादव, शैलेन्द्र साह, विरेन्द्र माझीलगायत दर्जनौ नेता कार्यकर्ता गम्भीर घाइते भएको छ रौतहटमा प्रहरीको लाठी चार्जले केन्द्रीय सदस्य बबन सिंहको टाउकोमा गम्भीर चोट लागेको, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेलको हात काटिएको छ । लाठी चार्ज र धरपकडका क्रममा प्रहरीले ६० सेल अश्रु ग्यास प्रहार गरेको र करिब २० राउण्ड हवाई फायर गरी दर्जनौं नेता कार्यकर्ता घाइते भएका छन् । फोरम नेपाल लमजुङ्गका जिल्ला अध्यक्ष पृथ्वीमान घले लगायत ६ जनालाई गिरफ्तार गरिएको छ । प्रहरी दमनले बाराका जिल्ला अध्यक्ष रामबाबु कुमार यादवको टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै, इलामका जिल्ला अध्यक्ष देवेन्द्र राई लगायत २० जना नेता कार्यकर्तालाई पक्राऊ गरिएको छ । डोटीमा जिल्ला सदस्य श्रीचन्द्र श्रेष्ठ लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।
संघीय फोरम नेपालका नेता जयराम यादवले संकलन कार्यक्रमलाई मधेशी जनतापूर्णले असफल बनाई दिएका छन् । मधेशका कुनै पनि जिल्लामा जनताले सुझाव नदिएको बरु सो कार्यक्रमलाई बहिष्कार गरी मस्यौदालाई अस्वीकार गरेकाले चार दल मस्यौदालाई जनताको चाहना अनुसार परिमार्जन गरेर ल्याउनेमा आफू विश्वास्त रहेको बताए । आन्दोलनको क्रममा आफ्नो गृह जिल्ला मोरगंमा रहेका उनले सुझाव संकलन गरेर गएपछि आउने मस्यौदामा यदि मधेशको मुद्दालाई समेटेको हुँदैन भने वारपारका आन्दोलन हुने चेतावनी दिने बताए ।






तपाईको प्रतिक्रिया