एकजना राजनीतिककर्मीले आफ्नो राजनीतिक जीवनमा कतिपटक राजनीतिक दल परिवर्तन गर्छन् होला, एकपटक, दुईपटक वा तीन पटक । सायद एउटा असल राजनीतिककर्मीका लागि दुई या तीनपटक भन्दा बढी राम्रो हुँदैन र प्रायः ले त्यस्तो गर्दैनन् पनि तर यहाँ मधेशका एकजना महिला राजनीतिकको छोटो अवधिमा ६ वटा राजनीतिक दल परिवर्तन गरिसकेका छन् । तिनीहरु अरु कोही होइन, उनी हुन्, महिला आयोगकी अध्यक्ष शेख चान्दतारा ।
त्यसबेला वीरगञ्ज अवस्थित वसरुद्दीनको नेशनल मेडिकल कलेजमा जागिर गरिरहेकी चान्दतारा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट राजनीतिकमा छिरेकी हुन् र अहिले उनी एकीकृत माओवादी पार्टीमा छिन् । मधेश आन्दोलनअघि मधेशी जनअधिकार फोरम नेपालमा आएकी चान्दतारा २२ बुँदे सम्झौतासँगै विभाजित भएको भाग्यनाथ गुप्ताको मधेशी जनअधिकार फोरममा गएकी थिइन् । तर त्यहाँ उनी धेरै टिक्न सकिनन् । जितेन्द्र सोनल, रामकुमार शर्मासँग उनी महन्थ ठाकुरले गठन गर्न लागेको तराई मधेश लोकतान्त्रिक पार्टीमा आइन् । चान्दतारालाई तमलोपाका संस्थापक नै मानिन्छ । केहीपछि महेन्द्रराय यादव पार्टी विभाजन गरे । महेन्द्रराय यादव पार्टी विभाजन गरेर गईसकेपछि तमलोपाको संगठनलाई पुर्नरगठन गर्ने काम भयो । सो पुनरगठनमा चान्दतारालाई उचित स्थान नदिएपछि उनी पछि महेन्द्रराय यादवको तराई मधेश लोकतान्त्रिक पार्टी नेपालमा प्रवेश गरिन् । स्रोतका अनुसार चान्दतारा पार्टीको सम्पादन समितिमा जाने इच्छा दखाएकी थिइन् तर अध्यक्ष ठाकुरले उनलाई ल्याएन । चान्दतारा पछि आएका महिलाहरुले त्यहाँ ठाउँ पाए । त्यही मौका फाइदा लिँदै चान्दतारा महेन्द्रको पार्टीमा प्रवेश गरेकी थिइन् ।
सो पार्टीका तत्कालिन नेता दानबहादुर चौधरी महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेपछि चान्दतारा महिला आयोगकी अध्यक्ष बनेकी थिइन् । उनले बल्ल न्याय पाए र चाहिएको ठाउँमा पुग्न पाए भन्दै खुशी थिइन् । पार्टीको कामको साथै आयोगका काम पनि राम्रो प्रगति गरिरहेकी थिइन् । दानबहादुर चौधरी मन्त्रीबाट हटेपछि चान्दतारा छटपटाउन थालिन् । अब कसले कुनबेला हटाई दिने हो कि उनी अवसरको खोजीमा थिइन् । दोस्रो सविधानसभा चुनावपछि विजयकुमार गच्छदारको पार्टी सरकारमा जाने चर्चा खुब चलेको थियो । गच्छदारको दौड सुशिल कोइराला समक्ष निकै चलेको थियो । सरकारमा आफ्नो भाग खाजिरहेका थिए गच्छदार । गच्छदार सरकारमा जान्छ भने कुरा पक्का पक्की भएको बेला चान्दतारा महेन्द्रराय यादवको पार्टी छाडेर सुटुक्क गच्छदारको पार्टी मधेशी जनअधिकार फोरम नेपालमा छिरेकी थिइन् । अयोगको अध्यक्ष पद कन्टिन्यू गरिदिने शर्तमा चान्दतारा गच्छदारको पार्टीका छिरेका थिए । संयोग पनि कस्तो जसले उनलाई आयोगको अध्यक्ष बनाएका थिए ती नेता (दानबहादुर चौधरी) पनि गच्छदारकै पार्टीमा थिए । स्रोत भन्छ, दानबहादुर चौधरीले नै गच्छदारसँग चान्दताराको बारेमा कुरा गरेका थिए । तर गच्छदार सरकारमा नगएपछि सबभन्दा बढी दुखि चान्दतारा नै भएकी थिइन् किनभने जुन लोभमा त्यहाँ गएकी थिइन् त्यो पूरा नहुने देखेपछि उनी छट्पटाउन थालिन् । त्यसपछि संयुक्त सरकारमा एमाओवादी जाने भनेपछि उनको नजर उतातिर कुद्यो । फेरि त्यहाँ पनि आफ्नो आयोगको पद कन्टीन्यू गर दिने वा आफ्नो श्रीमानलाई न्यायधिश बनाई दिने शर्तमा उनी माओवादीमा तामझामका साथ वीरगञ्जमा प्रवेश गरिन् ।
यस विषयमा चान्दतारासँग सम्पर्क गर्दा उनले हाँस्दै भनिन्, मलाई अब आयोगका अध्यक्ष पद चाहिदैन, म त्यसको लोभ पनि गर्दिन । मेरो श्रीमानलाई न्यायधिश बनाउन मैले माओवादीमा गएको होइन । मेरो पारिवारीक ब्याक ग्राउण्ड कम्यूनिष्ट भएको कारणले म एमाओवादीमा गएको हुँ । अर्को कुरा पार्टी परिवर्तन गर्ने अधिकारको कुरा हो र मैले अधिकार प्रयोग गरेको हुँ । मेरो सपना पहिलादेखि नै राष्ट्रिय पार्टीमा बसेर काम गर्नु थियो । मधेशवादी दल क्षेत्रीय पार्टी भएका कारण त्यसलाई छाडेर म एमाओवादीमा गएको हुँ ।’



तपाईको प्रतिक्रिया