Khadya Bibhag

महन्थ ठाकुरलाई सुशिल कोइरालाले यसरी पार्न चाहन्थे ट्रयापमा

१६ बुँदे सम्झौतालाई टेकेर सविधानको प्रारम्भिक मस्यौदा आयो । १६ बुँदे सम्झौता भएदेखि चार मधेशवादी दलका नेताहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तर्फबाट आन्दोलन गर्दै आएका छन् । मधेशी मोर्चाकै आन्दोलनका लागि भारतलाई पनि दवाव परेको छ र सोही कारणले भारतले अहिले तीन दलका नेताहरुलाईं दिल्लीमा बोलाएर सम्झौताको बारेमा सम्झाई रहेका छन् । मधेशवादी दललाई किनारा लगाएर सविधान नबनाउन सुझाव दिइरहेको असर नेपाली राजनीतिकमा देखाइ रहेका छन् । १६ बुँदे सम्झौता गरेर तीन दल काँग्रेस, एमाले र एमाओवादीले मधेशी नेताहरु विरोध गर्दै गर्छन् विरोधको कुनै औचित्य छैन भनेका थिए तर जब सबैलाई मिलाएर मधेशलाई साथमा लिएर सविधान बनाउन भनेपछि ती नेताहरु मधेशी दलको पछाडि परेका छन् ।
एमाओवादीका अध्यक्ष प्रचण्ड असार ४ गते भारतबाट आउने वित्तिकै असार ८ गते मधेशी नेताहरुलाई भेटे । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मधेशवादी दलका नेतालाई भेट्ने कुरा गरेका छन् । मधेशी मोर्चाका नेतालाई खबर पठाएर छलफल गर्ने भनेका थिए । साउन १२ गते भेट्ने कुरा थियो तर मधेशीवादी दलहरु गएनन् । मधेशी नेताहरुलाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालाले पनि पटक पटक फोन गरेर भेट्ने भनि खबर पठाएको थियो तर मधेशवादी दलका नेताहरुले आफू राजधानी बाहिर रहेकाले पछि कुरा गर्ने भन्दै टार्दै आएका थिए । प्रधानमन्त्री कोइरालाले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई फोन गरेर मधेशी मोर्चाका नेतासँग छलफल गर्ने टाइम मिलाउन भनेका थिए । तर महन्थले पनि मोर्चाका नेताहरु उपत्यका बाहिर भएकाले अहिले संभव नभएको भन्दै टार्दै आएका थिए ।
त्यसो भए अरु नेता नभएपनि तपाईसँग नै भेटौ भनि प्रधानमन्त्री कोइरालालाई दवाव दिन थाले । प्रचण्डसँग भेटको विषयमा विरोध शुरु भएको थियो त्यो डरले ठाकुर प्रधानमन्त्रीलाई भेट्न चाहेका थिएन । तर यति दवाव आयो कि ठाकुरले बाध्य भएर भने,  म मोर्चाका तर्फबाट होइन व्यक्तिगत ढंगबाट भेटन् आउँछु ।’ अनि साउन १२ गते प्रधानमन्त्री निवासमा भेट्न गए । उनी बालुवाटर जाँदा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण भेटघाट गरिरहेका थिए । एकछिन बसेपछि किरण निस्के अनि ठाकुर प्रधानमन्त्री कोइरालासँग कुरा गर्न थाले । कुरा शुरु नहुँदै एमाले, एमाओवादीका पनि शीर्ष नेताहरु छलफल कक्षमा छिरे ।
सायद चार दलको बैठक रहेछ भन्दै अध्यक्ष ठाकुर त्यहाँबाट निस्कन खोजे । उनले प्रधानमन्त्रीलाई भने, तपाईहरुको बैठक रहेछ । बैठक बस्नुस् । म जान्छु ।’ यति भनेर उठ्नै लाग्दा होइन होइन बस्नुस् । कुरा यहाँ पनि भइहाल्छ नि भनेर प्रधानमन्त्री कोइरालाले ठाकुरलाइ बस्न लगाए । त्यसपछि प्रचण्ड र अ‍ोली पनि होइन महन्थ जी हामीबाट किन टाढा हुनु भएको हो बसेर छलफल गरौं न । छलफलबाट मात्र समास्या समाधान हुन्छ भनि ठाकुरलाई मन जित्ने प्रयास गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले त जर्नेल हुने मान्छे मेजर भएर किन बस्नु भएको हो । गणतन्त्र र संघीयताको कुरा उठाउने व्यक्ति तपाई होइन ? सात दलले ०६२ सालमा गरेको आन्दोलनको समयमा तपाईले नै यो मुद्दा उठाउनु भएको थियो आज किन टाढा टाढा भन्दै अध्यक्ष ठाकुरको निकै प्रशंसा गरेको थियो । त्यसमा ओली पनि ठाकुरको खुलेर प्रशंसा गरेको थियो र एमाओवादीका अध्यक्ष प्रचण्ड पनि के कम उनले पनि ठाकुरको बारेमा भूमिका बाँधी प्रशंसाको लाइन लगाए ।
त्यसपछि ठाकुरले पनि आज ओलीजीको मुखबाट यस्तो मिठो बोली कहाँबाट आयो । जहिले पनि मधेशको बारेमा कटाक्ष गर्ने मान्छे आज एका एक मधेशलाई प्रशंसा गर्न थाल्या । उनले प्रचण्डको जवाफ पनि फर्काए । उनले प्रचण्डलाई भनेका थिए, तपाईलाई गठबन्धनको नेता बनाएकै हो । सविधान निर्माण गर्नलाई भनेको हो । देशको नेतृत्व लिनुस् भनेकै हो तर तपाई आफै छाडेर भाग्नु भयो । अहिले पनि केही विग्रेको छैन । तपाईहरुसँग बहुतमत छ सविधान निर्माण गर्नुस् । हामी आफ्नो काम गर्छौ ।’
ठाकुरको यस्तो कुरा सुनेपछि प्रधानमन्त्री कोइरालाले तपाईहरु के चाहनु हुन्छ भन्नुस् भनेपछि ठाकुरले बुँदागत ढंगबाट पाँच कुरा राखेका थिए । अन्तरिम सविधानमा भएको व्यवस्था अनुसार एक इन्चपनि पछाडि फर्कन सकिदैन, विगतमा भएको सम्झौता अनुसार सविधान निर्माण हुनुपर्छ, समावेशी मात्र होइन, समावेशी समानुपातिक चाहिन्छ, नागरिकताको सहज र समान प्रावधान चाहिन्छ र राज्यको हरेक निकायमा जनसँख्याको आधारमा प्रतिनिधित्व चाहिन्छ ।
यी कुरा राखिसकेपछि चारै नेता एकछिन चुप लागेका थिए । एकछिनको मौनता तोड्दै प्रधानमन्त्री कोइरालाले भने, ठिक छ तपाईको कुरा सुने अब हामी त्यस विषयमा छलफल गर्छौ अनि के के गर्न सकिन्छ खबर पठाउँछौ ।’ अनि ठाकुरले हुन्छ भन्दै त्यहाँबाट हिडेका थिए ।

तपाईको प्रतिक्रिया