रौतहट १६ साउन . रौतहटमा बालिका बलात्कारको घटना बढ्दै गएको बेला शुक्रबार साँझ फेरी एक बालिका बलात्कृत भएकि छिन् । पतौरा वार्ड नं ६ का बस्ने १७ वर्षिय राधेश्याम पटेलले शुक्रबार साँझ ६ बजेको समयमा गाँउका एक १० बर्षिया बालिकालाई बलात्कार गरेका छन् ।
गाँउको नजिकैमा रहेको उखुबारीमा घाँस काटीरहेको अवस्थामा बालिकालाई पटेलले जबरजस्ती बलात्कार गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बलात्कारपछि घाईते भएको बालिकाको उपचार गरुडामा रहेको हेल्थल्याण्ड हस्पिटलमा भईरहेको छ । बालिकालाई बलात्कार गर्ने पटेल फरार रहेको र उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया