![]() |
| फाइल फोटो |
काठमाडौ साउन १६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सद्भावना पार्टीका केन्द्रीय कार्यालयमा जारी रहेको छ । १६ बुँदे सम्झौता र मस्यौदाको विरुद्ध एक चरणको आन्दोलन कार्यक्रम सम्पन्न गरेर काठमाडौ फर्केका मोर्चाका नेताहरुले आगामी कार्यक्रमको बारेमा छलफल गरिरहेको छ ।
तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवका अनुसार सविधान निर्माण कार्यलाई जवर्जस्ती अगाडि बढाई रहेका छन् अब यसमा के गर्ने, अबको संघर्षका कार्यक्रम के हुने विषयमा छलफल जारी हरेको छ ।
त्यस्तै असार २६ गतेदेखि साउन ११ गतेसम्म मोर्चा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सम्पन्न गरेका छन् । त्यसमा साउन ४ र ५ गते मधेशमा सशक्त कार्यक्रम भयो । एक दिन मधेश पनि बन्द भयो । मस्यौदा संकलन कार्यक्रमलाई मोर्चाका कार्यकर्ताले विथोल्ने कार्य गर्दा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा सयौं कार्यकर्ताहरु घाइते भएका छन् । त्यस्तै साउन ८ गतेदेखि ११ गतेसम्म चार ठाउँमा विरोधसभाहरु सम्पन्न गरेका छन् ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ रामनरेश राय यादवलगायतका नेताहरुएको उपस्थिति रहेको छ ।



तपाईको प्रतिक्रिया