भारत,साउन ११ गते । भारतीय पूर्व रास्ट्रपति तथा प्रख्यात बैज्ञानिक डा.एपीजे अब्दुल कलामको निधन भएको छ । आज अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । पढाउँदै गर्दा स्वास्थ्यमा खरावी आएपछि अस्तपाल भर्ना गरिएका कलामको उपचारकै क्रममा निधन भएको हो । उनले भारतको ११औं राष्ट्रपतिको रुपमा सन् २००२ देखि २००७ सम्म कार्यभार सम्हालेका थिए ।
विश्वमा ‘मिसाइल मैन’ बाट परिचित कलाम भारतका ११ औं राष्ट्रपति हुनुहुन्थ्यो । सन् २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति रहनु भएका कलामको जन्म भारत तामिलनाडु राज्यको रामेश्वरममा सन् १५ अक्टुवर १९३१ मा भएको थियो । सन् १९९७ मा भारत रत्नबाट सम्मानित कलाम चार दशकसम्म डीआरडीओमा वैज्ञानिक भएर काम गर्नुभएको थियो । उहाँको निधनमा भारत सरकारले देशैभरि सात दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।
उहाँको पार्थिव शारिर मंगलवार दिल्ली ल्याइने छ र अन्तिमसंस्कार उहाँको जन्मस्थल रामेश्वरमा हुने जनाइएको छ ।
जैनुलब्दीनको छोरा कलामका पाँच भाइ र पाँच बहिनी थिए । उहाँ अविवाहित हुनुहुन्थ्यो । उहाँका बुवा समान्य व्यापारी हुनुन्थ्यो । सन् १९५८ मा मद्रास इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट अंतरिक्ष विज्ञानमा स्नातक गर्नुभएका कलाम विद्यार्थी जीवनमा पत्रिका वितरणको काम पनि गर्नुभएको थियो । अंतरिक्ष विज्ञानमा स्नातक गरेपछि उहाँले हावरक्राफ्ट परियोजनामा काम गर्नका लागि भारतीय रक्षा अनुसन्धान एवं विकास संस्थानमा प्रवेश गर्नुभएको थियो । सन् १९६२ मा भारतीय अंतरिक्ष अनुसन्धान संगठनमा प्रवेश गर्नु भएका उहाँले सफलतापूर्वक थुप्रै प्रक्षेपन परियोजनामा आफ्नो भूमिका निभाउनु भएको थियो ।
परियोजनामा निर्देशकको रुपमा कार्यरत कलाम स्वदेशी उपग्रह प्रक्षेपन यान एसएवी थ्री निर्माणमा महत्वपूर्ण निर्वाह गर्नुभएको थियो, जसले सन् १९८० मा रोहिणी उपग्रह सफलतापूर्वक अंतरिक्षमा प्रक्षेपित गरियो ।



तपाईको प्रतिक्रिया