Khadya Bibhag

पूर्व सभासद् कुशवाहालाई थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्ने

बारा, साउन १० गते । जिल्ला प्रहरी कार्यालयले पूर्वसभासद् शिवचन्द्र कुसवाहालाई सार्वजनिक अपराधमा हिरासतमा लिई थप अनुसन्धानका लागि आज जिल्ला प्रशासन कार्यालयबाट १५ दिन म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ ।

यही साउन ३ गते जग्गा सम्बन्धमा वरियारपुर गाउँमा दुवै पक्षबीच झैँझगडा, मारपिट, तोडफोड भएको घटनाको विषयमा छलफलका लागि पूर्वसभासद् कुसवाहालाई यही साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा बोलाइएको थियो ।

छलफल गरिरहेको अवस्थामा कुसवाहाले प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल र प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीसमेतलाई अपशब्द, दुव्र्यवहार गरेपछि प्रहरीले निजलाई हिरासतमा लिई सार्वजनिक अपराधमा कारवाही चलाएको थियो ।

पूर्वसभासद् कुसवाहा पहिलो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र २ बाट एमाओवादीबाट निर्वाचित हुनुभएको थियो । 

तपाईको प्रतिक्रिया