सिरहा साउन १० गते । छिमेकीको हत्या गरी फरार रहेको आरोपमा सिरहा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बच्चेलाल सरदारलाई पक्राउ गरेको छ ।
सिरहाको विष्णुपुरकट्टी–७ स्थित सर्रे खोलामा सप्तरी परसवनी–३ निवासी ३८ वर्षीय मुसुकलाल सरदारको हत्या गरी फरार रहेको आरोपमा सरदारलाई डेढ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
सर्रे खोलामा मजदुरी गरिरहेका बेला झगडा परेर मुसुकलालको सोही ठाउँका ३५ वर्षीय बच्चेलाल लगायतका व्यक्तिले घाँटी बटारेर हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया