Khadya Bibhag

कस्ले रोकलान् रौतहटमा तस्करी

राकेश यादव,रौतहट, ९ साउन
रौतहटको विभिन्न नाकाहरुबाट सेतो कुखुरा र चल्लाको तस्करी भइरहेको पाइएको छ । सिमावर्ती भारतीय बजार क्षेत्रबाट अबैध रुपमा तस्करहरुले तयारी सेतो कुखुरा तथा चल्लाको ओसारपसार व्यापक रुपमा भइरहेको जनगुनासो बढदै गएका छन ।
       सस्त्र प्रहरी र नेपाल प्रहरीका केहीर्कमचारी हरुको मीलोमतमा तस्करी भइरहेको रौतहट कूखूरा बेव्साइक संघले आपती ेजनाएका छन । भारतको महूलिया गाउँबाट तस्करहरुले कुखुराको चल्ला र तयारी कूखूरा ल्याउदै गरेको संघले बताएका छन । राती २ बजे देखी बिहान ५ बजेसम्म सौऔको संख्यामा मोटरसाइकल र साइकलमा ढोवानी गरीरहेका कूखूरा संघका उपा,अध्यिक्ष मो.कलिमूउल्लाले दाबि गरेका छन  ।
       यता ५ देखी लिएर १० वटा सम्म सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुको इलाका प्र.का.वाडा प्र.का.र सस्त्रका बेशकैम्पहरु आथिक लोभका कारन चूपलागेर बसेका छन । 
       खुला सिमाको फाइदा उठाउदै तस्करहरुले नेपालमा प्रतिबन्ध रहेको भारतीय चल्ला तथा कुखुराको व्यापक रुपमा तस्करी बढदै गएको छ । रामपुरखाप, बंकुल, औरैया लगायतका नाकाहरुमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा उक्त कार्यहरु फस्ट्याउदै गएको याहाका किसान हरुले दावि गरेका छन ।
       श्रोतका अनुसार सिमापारी भारतीय बजारबाट अवैध कुखुराको साथै, चिनी, खाने तेल, कपडा लगायतका दैनिक उपभाग्यका बस्तुहरु सशस्त्र प्रहरी र नेपाल प्रहरीकोे मिलोमतोमा नेपाल भित्रीरहेको छ भने नेपालबाट , अलैची, सुपाडी, विदेशी कष्मेटिक सामानहरु निर्वाध रुपमा भारत तर्फ गईरहेको छ । भारतीय सिमामा रहेको एसएसबीलाई छलेर उक्त सामानहरु वारिपारी गर्ने गरेको स्थानीयले बताएका छन् ।
       स्थानिएका अनुसार तस्करहरुले भारतको गाउँहरुबाट राति राति साइकल र मोटरसाइकलमा कुखुराको चल्ला तथा तयारी कुखुरा नेपालमा तस्करी गरेर ल्याएपनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाए । सिमा सुरक्षाको जिम्मा लिएर बसेका सशस्त्र प्रहरीको विओपीहरुको मिलोमतोमा सेतो कुखुरा र चल्लाको तस्करी गराइरहेका्े र देखावटीका लागी कहीलेकाही मात्र तयारी कूखूरा र अन्यसमान समाउने गरेको र मान्छे छोडदौ गरेको श्रोतले जनाएको छ । शूक्रवार राती पक्राउ परेका तयारी सेतो कूखूरा राजपूर फा्रदवाका तस्कर राम प्रवेश साहकोे रहेको बुझिएको छ ।
       यसै विच सशस्त्र प्रहरीका प्रहरी  उपरिक्षक बिदूर खाडकाले  सिमा क्षेत्रका नाकाहरुबाट कुनै किसिमको तस्करी नभएको दाबी गर्दै यदी तस्करी भईरहेको छ भने हामीलाई जानकारी दिएमा समात्ने बताए ।

तपाईको प्रतिक्रिया