कलैया, ९ साउन । प्रहरीलाई धम्की दिएपछि पक्राउ परेका सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष एवम् पुर्वसभासद शिवचन्द्र कुशवाहलाई तुरन्त रिहा गर्न माग गर्दै उनका समर्थक र दलका कार्यकर्ताले बारा सदरमुकाम कलैयामा शनिबार जुलुस निकालेका छन् ।
रिहाइ मागको जुलुसमा कुशवाहका आफन्त, समर्थक र बारा निर्वाचन क्षेत्र नम्बर २ का कार्यकर्ताले कलैयाको भरत चोकमा प्रहरीको विरोधमा टायर बालेर नराबाजी गर्दै धर्ना दिएका छन् ।
धर्ना कार्यक्रम तथा जुलुस प्रर्दशनमा करिब डेढ–दुई सयको संख्याका समर्थकले बिनाशर्त कुशवाहाको रिहाइ गर, प्रहरी दमन बन्द गर जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले सोधेको प्रश्नको जवाफ दिने क्रममा चर्काचर्की भएकै निहुँमा पूर्वसभासद् कुशवाहलाई पक्रेर प्रहरीले ज्यदाती गरेकाले त्यसविरुद्ध आन्दोलन गरिएको नेविसंघका केन्द्रिय सदस्य वीरेन्द्र यादवले बताए । कुशवाहालाई प्रहरीले बिनाशर्त रिहा नगरे जिल्ला प्रशासन कार्यालयकै अगाडि प्रदर्शन गर्ने चेतावनी पनि उनले दिए ।



तपाईको प्रतिक्रिया