माघ, फागुनको लगनमा जोडी बाँधिए झै एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेशवादी दलका नेताहरुबीच बडो सुमधुर सम्बन्ध स्थापित भएको थियो । एक अर्कालाई कहिले पनि नछाड्ने पटक पटक कसम खाएका थिए । सँगै मरौला, सँगै बाँचौला भनि एउटै मञ्चबाट कसम खाएका थिए तर सुहाग रात मनाउन नपाउँदै उनीहरुको बीचमा सम्बन्ध विच्छेद भयो । सम्बन्ध पनि यसरी विच्छेद भयो कि मधेशवादी दलका नेतालाई सात जनमको याद दिलायो । अध्यक्ष प्रचण्ड अहिले काँग्रेस र एमालेसँग मिलेर मधेशवादी दलका नेताहरुलाई घुँडा टेकाउने दावमा छन् भने मधेशवादी दल पनि त्यतिकै मान्ने बाला अवस्थामा छैन । यो समाचार तयार पार्दासम्म अध्यक्ष प्रचण्ड भारत भ्रमणमा छन् ।
त्यहाँ पनि उनले भारतीय नेताको नारी छाम्ने काम गरिरहेका छन् । र, मधेशी नेताको उछितो काट्ने काम गरिरहेका छन् । तर यस्तो शुभसायतमा भएको लगन गाँठो यति चाँडै किन फत्कियो त । अझै चर्चाको विषय बनेको छ । फागुन १६ गते खुल्ला मञ्चबाट आफूहरुको सम्बन्ध कायम छ । जीवनभर साथ रहने कसम खाएकै भोलीपल्टदेखि उनीहरुको बीचमा मतमतान्तर शुरु भएको थियो । चैत नलाग्दै उनीहरुको बीचमा दरार परिसकेको थियो । ३० दलीय गठबन्धनका कमाण्डर रहेका अध्यक्ष प्रचण्ड गठबन्धनको आन्दोलनिमा कटौती गर्नका थालेका थिए । र, मधेशवादी दलका नेताहरुले त्यसको विरोध शुरु गरेका थिए । तर सम्बन्धमा ट्रयाजिटी त्यतिबेला उत्पन्न भयो जुन प्रचण्डले आफ्नो दिलको कुरा खोले ।
चैत १ गतेको कुरा हो । जब एमाआवादीका अध्यक्ष प्रचण्डले एका विहानै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेपछि मधेशवादी दलको हरेक कुरा नमिठो लाग्न थाल्यो । प्रधानमन्त्रीसँगको भेटपछि सिहदरवारमा ३० दलीय गठबन्धनको बैठक डाकिएको थियो । बैठकमा प्रचण्डले मधेशी नेताहरुको कमिकमजोरी केलाउँदै आफूलाई नै केन्द्रविन्दुमा राखे । आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाए त्यसमा साथ दिइ रहेका थिए । त्यो दिनको बैठकमा उपेन्द्र यादव ढिलो पुगेको कारण निर्धारित समयभन्दा बैठक अलि ढिलो नै भएको थियो ।
फागुन १६ गतेको आमसभापछि गठबन्धनसँग सत्ताधारी दलले वार्ता गर्ला भने आशामा प्रचण्ड चैत १ गते प्रधानमन्त्री कोइराला निवास पुगेका थिए तर गठबन्धनसँग वार्ताको औचित्य नभएको कुरा प्रधानमन्त्री कोइरालाले भनेपछि निन्याउरो मुख लगाएर गठबन्धनको बैठकमा आएका प्रचण्डलाई राजेन्द्र महतो र उपेन्द्र यादवले पनि बेस्सरी क्लाश लिएका थिए । उपेन्द्र यादवले भनेका थिए, मैले पटक पटक प्रचण्डजीलगायत अन्य साथीहरुलाई पनि भनेका थिए वार्ताबाट कुनै निष्कर्ष निस्किदैन यो सत्ताधारी दलको रणनीति हो यसबाट आन्दोलन कमजोर हुन्छ तर साथीहरुले मान्नु भएन खुसुक खुसुक गरेर वार्ता गरे आखिर आज आन्दोलन घोषणा गर्नु नै पर्यो । मैले माघ २६ गते नै आन्दोलनका कार्यक्रम घोषणा गरेर जाउँ भनेका थिए तर त्यो बेला कसैले मानेन ।’
उपेन्द्र यादवको यस्तो कुरा सुनेर अध्यक्ष प्रचण्ड भित्रभित्रै मुरमुरिएका थिए । त्यतिकैमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो कुरा राख्न थाले । उनले त उपेन्द्र यादवभन्दा एककदम अगाडि बढेर भने, सत्ताधारी दलले यही चाहेका थिए कि आन्दोलन कमजोर होस्, गबन्धनका नेताहरु आपसमा कमजोर होस् तर त्यो रणनीति मोर्चाका साथीहरुले बुझ्न सकेन र आज यो अवस्था भयो । काँग्रेस र एमालेले सविधान बनाउन चाहेका छैनन् भने कुरा सबैले बेला बेलामा बोल्छन् तर फेरि वार्ता गर्न उसैसँग जान्छ, वार्ताको झमेलामा नफँसी आन्दोलनको कार्यक्रम घोषणा गरेको भए आज केही नकेही परिस्थिति बनि सकेको हुन्थ्यो । १५ दिनसम्म सत्ताधारी दलले अल्झाएर राख्यो ।’
यी दुई नेताको कुरा सुनिसकेपछि प्रचण्डलाई सही सक्ने भएन र उनले भनि हाले, अब म गठनबन्धन चलाउन सक्दिन तपाईहरुले नै चलाउनुस् । र, त्यही दिनदेखि गठबन्धनमा चिरा पर्यो । सत्ताधारी दलसँग पटक पटक वार्ता गरेको कुरा अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई राजेन्द्र र उपेन्द्रले निकै कटाक्ष भएको थियो । अध्यक्ष प्रचण्डलाई लाग्यो कि यतिका दिन गरेका कामहरु सबै पानीमा गयो । वार्ताका लागि यति प्रयास गरे तर त्यसको आज कुनै मूल्य रहेन । अध्यक्ष प्रचण्डले भनेका थिए, तपाईहरुले भने जस्तो आन्दोलन गरे जस्तो सजिलो छैन । सत्ताधारी दलले वार्ताका लागि पटक पटक आह्वान गरे यदि हामी वार्तामा नगएको भए आज के सन्देश जान्थ्यो तपाईहरुले विचार गर्नु भएको छ ? उल्टै जनतामा उनीहरुले हाम्रो विरोधमा नानाथरीका कुरा लगाउँथे । जनसभा गर्ने वित्तिकै आन्दोलनमा गएको भए आन्दोलन घोषणा गर्ने वतावरण यस्तो हुने थिएन ।’
उपेन्द्र यादव र राजेन्द्र महतोको कुरालाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए, गठबन्धनलाई मैले राम्रोसँग चलाउन सकिन, राम्रो नेतृत्व दिन सकिन भने तपाईहरु मध्ये कसैले चलाउनुस् राजेन्द्रजीले चलाउनु हुन्छ कि उपेन्द्रजीले चलाउनु हुन्छ एकजनाले यसलाई चलाउनुस् म तपाईहरुलाई साथ दिन्छु नभए नेतृत्वप्रति विश्वास गर्नुस् । मैले सविधानसभा छाड्ने के कुरा गरेका थिए, दलका नेताहरु चिटपट भएका थिए । म त सविधानसभा छाड्न तयार छु तपाईहरु तयार हुनुहुन्छ । हुनुहुन्छ भने सविधानसभा छाडौ र जाउँ आन्दोलनमा हिम्मत छ कसैसँग ?’
प्रचण्डपछि बोलेका अध्यक्ष गच्छदारले राजनीतिकमा जहिले पनि क्रान्तकारी कुरा गरेर हुँदैन परस्थितिलाई विश्लेषण गरेर अगाडि बढ्नु पर्ने हुन्छ । कोही पनि सत्ताधारी दलको पिछलग्गु बनेका छैन सबैजना आन्दोलनको वातावरण नै तयार गरेका छन् त्यसैले कसैमाथि कसैले शंका गर्नु जायज नभएको धारणा राखेका थिए । उनले मधेश आन्दोलन चलिरहेके बेला रातारात हेलिकप्टर चढेर हतार हतार वार्ता गर्न आउनेहरु आज ठूला ठूला गर्नु नसुहाएको भन्दै परिस्थितिलाई बुझेर राजनीतिकमा कदम चाल्न आग्रह गरको थिए ।
मधेश आन्दोलन चलिरहेको बेला तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले २०६४ फागुन १६ गते वार्ताका लागि आह्वान गरेका थिए । त्यसबेला अध्यक्ष उपेन्द्र यादव वीरगञ्जमा थिए । वार्ताका लागि नाइटभिजन चढेर बालुवाटार वार्ताका लागि गएका थिए ।




तपाईको प्रतिक्रिया