Khadya Bibhag

मधेशी दलका अध्यक्षले किन अघि सारे ‘सकेण्डम्यान’ नेतालाई

१६ बुँदे सम्झौतापछि आएको सविधानको मस्यौदालाई विरोध गर्दै चार दलीय (संघीय समाजवादी पार्टी, तमलोपा, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टी) संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलन घोषणा गरेका छन् । असार २६ गतेदेखि साउन ११ गतेसम्म विभिन्न विरोधका कार्यक्रमको आयोजना गरेको छ । असार २६ गते जिल्लामा मोर्चाको बैठक बस्ने, २७ गते जिल्लाका सार्वजनिक ठाउँमा कालो झण्डा गाड्ने कार्य गरेको छ । त्यस्तै २९ गते काठमाडौमा प्ले कार्डसहित विरोध जुलुस प्रदर्शन गरेका छन् । साउन १ गते जिल्ला सदरमुकाममा विरोध प्रदर्शन तथा कोणसभा राखिएको छ भने ४ र ५ गते निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनका कार्यक्रमहरु राखेका छन् ।
त्यस्तै सात गते वीरगञ्जमा, आठ गते भैरहवामा, १० गते जनकपुरमा र ११ गते विरानगरमा विरोधसभा गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । वीरगञ्जमा कार्यक्रम गर्ने जिम्मेवारी तराई मधेश सद्भावना पार्टीले पाएका छन् भने भैरहवाको जिम्मेवारी सद्भावना पार्टीले पाएका छन् । त्यस्तै जनकपुरमा कार्यक्रम गर्ने जिम्मेवारी तमलोपाले पाएका छन् विराटनगरमा कार्यक्रम गर्ने जिम्मेवारी संघीय समाजवादी पार्टीले पाएका छन् ।
४ र ५ गते आमने सामने
सविधानसभाका सदस्यहरु जनतासँग राय र सुझाव लिनका लागि ४ र ५ गते निर्वाचन क्षेत्रमा जाँदैछन् । र, सोही दिन मधेशवादी दलले पनि निर्वाचन क्षेत्रमा कार्यक्रमको घोषणा गरेको छ । मधेशवादी दलका नेताहरुले सुझाव संकलन गर्न नदिने, मस्यौदा र अन्य कागजात खासेर च्यात्ने र कार्यक्रम विथोल्ने योजना रहेको छ । कुनै पनि हालतमा सविधानको मस्यौदामा छलफल गर्न नदिने योजना मधेशी मोर्चाको रहेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए ।  
सकेण्डम्यान मात्र किन ?
मधेशी मोर्चाको विरोधका कार्यक्रम अन्तरर्गत असार २९ गते सुन्धाराबाट विरोध प्रदर्शन गर्दै त्रिपुरेश्वर हुँदै बानेश्वरसम्म पुगेका थिए । जुलुस सविधानसभा भवनतिर बढ्दै थियो तर प्रहरीले विचैमा रोकेका थिए । बीचैमा रोकेपछि जुलुस कोणसभामा परिणत भएको थियो । कार्यक्रमको सञ्चालन सद्भावना पार्टीका महासचिव मनिष सुमनले गरेका थिए । कार्यक्रममा चार दलकै अध्यक्ष बोल्ने कार्यक्रम थियो । चार दलका अध्ययक्षले आआफ्ना मन्तव्य दिने र कोणसभा सम्पन्न गर्ने योजना थियो तर कार्यक्रम शुर हुनै लाग्दा तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले वक्तामा आफ्नो पार्टीको तर्फबाट वरिष्ठ नेता रामनरेश राय यादवको नाम अघि सार्यो । रामनरेश बोलिसकेपछि तमलेपाका उपाध्यक्ष ह्रदयश त्रिपाठीले बोले । त्रिपाठी बोल्नुको बाध्यता पनि थियो । सुन्धाराबाट लुलुसमा निस्केका तमलोपाका अध्यक्ष महन्थ ठाकुर बाटैबाट घरतिर लागेका थिए त्यही भएर त्रिपाठीले आफ्नो मन्तव्य राखेका थिए ।
दुईटा पार्टीका दुई सकेण्ड म्यान बोलिसकेपछि राजेन्द्र महतो पनि के कम । आफै बोल्ने तयारीमा रहेका उनले अलि टाढा बसेका आफ्ना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई बोलाएर बोल्न लगाएका थिए । बोल्नका लागि लाइनमा उभिएका उपेन्द्र यादवले पनि उपाध्यक्ष रेणु यादवलाई बोल्नका लागि ठिक पारे । तल बसिरहेकी रेणु यादवलाई उभ्याएर बोल्नका लागि ठिक पारे ।  लक्ष्मण लाल कर्ण बोलिसकेपछि रेणु यादवले पनि आफ्ना धारणा राखेका थिए त्यसपछि सोही पार्टीका वरिष्ठ नेता अशोक राई पनि आफ्ना धारणा राखेका थिए ।
चार दलका चार अध्यक्षको भाषणा सुन्नका लागि मध्यन्हको घाममा उभिएका मधेशी कार्यकर्ताहरु निराश भएर घर फर्केका थिए । भाषणलाई सकेण्ड म्यानमै सिमित राखेका थिए ।

तपाईको प्रतिक्रिया