Khadya Bibhag

उपेन्द यादव आफै किन जाँदैनन् महत्वपूर्ण बैठकहरुमा ?

संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव राजनीतिकमा हुने महत्वपूर्ण बैठकहरुमा आफै उपस्थित नभएर दोस्रो र तेस्रो तहका नेताहरुलाई पठाएका हुन्छन् । त्यसले गर्दा उनी ३० दलीय गठबन्धनमा मात्र होइन, मधेशी मोर्चाका बैठकमा पनि आलोचनाका पात्र बनेका हुन्छन् । यस्ता धेरै महत्वपूर्ण निर्णयहरु छन् जसमा उनी आफै उपस्थित हुँदैन तर निर्णय आइसकेपछि विज्ञप्ति जारी गरेर त्यसको विरोध गरेका हुन्छन् । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आमहड्ताल आह्वान गर्दा उनी विराटनगर थिए । र, आमहड्ताल फिर्ता भएपछि उनले उतैबाट विज्ञप्ति जारी गरेर विरोध जनाएका थिए । सो बैठकमा पार्टीका तत्कालिन सचिव एवं प्रवक्ता रत्नेश्वर कायस्थको उपस्थिति थियो ।
त्यति मात्र होइन कि तमलोपा, सद्भावना पार्टीसँग एकीकरणको बारेमा छलफल हुँदा पनि उनी महत्वपूर्ण बैठकहरुमा उपस्थित हुन्थे र सो बैठकमा कहिले तत्कालिन महासचिव रामसहाय यादव त कहिले उपाध्यक्ष लालबाबु राउतलाई पठाउने गर्थे त्यसले गर्दा उनी सो बैठकहरुमा पनि आलोचि हुन्थे । राजेन्द्र महतोले यस विषयमा पटक पटक टिप्पणी गरेका हुन्थे । दोस्रो सविधानसभाको चुनावपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन हुँदा पनि उनी सो बैठकमा थिएन । शंकर होटलमा ३० दलीय गठबन्धनको बैठकमा सहभागि रहेका उपेन्द्र यादवले मधेशी मोर्चाको घोषणा हुने महत्वपूर्ण बैठकमा सो पार्टीका नेता डा.शिवजी यादवलाई पठाएका थिए । सविधानको बारेमा आफ्नो संयुक्त धारणा बनाउन मधेशी मोर्चाको बैठक बसेको थियो । दुई प्रदेशसहित स्वायत्त मधेश प्रदेशको माग राख्दै मधेशी मोर्चाले आफ्नो नौ बुँदे साझा माग तयार गरी सविधानसभामा प्रस्तावको रुपमा प्रस्तुत गरे । त्यो बैठकमा पनि उपेन्द्र यादव उपस्थित थिएन । त्यसमा पनि डा.शिवजी यादव उपस्थित हुनुहुन्थ्यो । पछि उपेन्द्र यादवले पार्टीको छुट्टै प्रस्ताव सविधानसभामा प्रस्ताव गरे । त्यसबेला पनि उनी आलोचित बन्नु परेको थियो ।
यस विषयमा पार्टीका उपाध्यक्ष लालबाबु राउतले भने, यो पार्टीको सामूहिक नेतृत्वको अभ्यास हो । अरु दल जस्तो हाम्रो पार्टी अध्यक्षको गोजीबाट नचलेको उदाहरण हो यो । जतिपनि बैठकमा हामी जान्छौ ती सबैमा अध्यक्षसँग सल्लाह भएर नै गएका हुन्छौ । अध्यक्षजीले नै पठाउनु भएको हुन्छ । सबै बैठकमा अध्यक्ष आफै जानुपर्छ भने छैन । सबै बैठकमा अध्यक्षहरु आफै जानु भयो भने अरु नेताहरुको के काम ?’
बैठकमा उठेका कुराको सहमति र असहमति हुनु आफ्नो कुरा हो, सबैमा सबैको चित्त बुझाउन सकिदैन, मधेशी मोर्चामा हुने सबै निर्णयमा आफ्नो दलको सहमीति नहुनसक्छ फरक धारणा आउनसक्छ भन्दै उनले यस्ता कुनै पनि निर्णय छैन जसमा पार्टीका कुनै पदाधिकारीले हस्ताक्षर गरेको होस् र पछि अध्यक्षजीले त्यसको विरोध गरेको होस्, पक्कै पनि भित्र असहमति जनाएर नै पछि विज्ञप्ति जारी भएको हुनुपर्ने दावी गरे ।

तपाईको प्रतिक्रिया