काठमाडौँ, ८ साउन — नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले विहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दले गर्दा आज शुक्रबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलेका छैनन् । भने अत्आवश्यक छिटफुट रुपमा मोटर साइकल र एम्बुलेन्स, प्रेस, पानी टंकी लगायतका अतिआवश्यक सवारी मात्र चलेका छन् ।
आन्दोलनकारीहरुले बन्द गराउँदै हिड्ने नेता कार्यकर्तालाई प्रहरीले उपत्यकाको विभिन्न् ठाँउवाट कोटेश्वर, बानेश्वर, चाबहिल, महराजगन्ज, लगनखेल, लगायत विभिन्न ठाँउहरुवाट पक्राउ गरेको छ । राजधानी लगायत मुलुकको विभिन्न ठाँउहरुवाट सयौँको संख्यामा प्रर्दशनकारीहरुलाई पक्राउ गरेको छन् ।
बन्दमा हुने अराजक गतिविधी रोक्क देशभरको सुरक्षा व्यवस्था कडा बनाइएको बताइएपनि बन्दकर्ताले भक्तपुरको राधेराधेमा बा ७ प ३८५७ नम्बरको स्कार्पियो र जडिबुटीमा एउटा बसमा आगजनी गरेका छन्। त्यस्तै लोकन्थली र सानोठिमीमा बा ७ प ७८३९ नम्बरको मारुती भ्यान तथा बा १३ प २०३ नम्बरको कार बन्दकर्ताले तोडफोड, पुलचोकमा १ माइक्र लगायत विभिन्न् ठाँउहरुमा सवारी साधन तोडफोड गरेको छन् ।



तपाईको प्रतिक्रिया