काठमाडौ साउन ७ गते । मधेशमा आन्दोलन जारी रहेकै बेला मधेशका केही नेताहरुले आज एमाओवादीका अध्यक्ष प्रचण्डसँग उनकै निवासमा वार्ता गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा छुट्टा छुट्टै प्रचण्ड निवासमा गएर वार्ता गरेको छ ।
प्रचण्ड निवास स्रोतका अनुसार शुरुमा अध्यक्ष प्रचण्डसँग तमलोपाका अध्यक्ष ठाकुरले भेटेका छन् भने त्यसपछि राजेन्द्र महतो र अनिल झा भेटेका छन् । भेटघाट भएको कुरालाई पुष्टि गर्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अध्यक्ष प्रचण्ड दिल्लीबाट फर्केपछि त्यसको ब्रिफ गर्न आफूहरुलाई बोलाएको छोटो प्रतिकृया दिए । खास कुरा केही भएको छैन प्रचण्डजी दिल्लीबाट फर्किनु भएको छ त्यसैको व्रिफका लागि हामीलाई बोलाउनु भएको हो, उनले सहारा टाइम्ससँग भने ।
दिल्ली भ्रमणमा रहेको बेला भारतको संस्थापक पक्षले मधेशवादी दललाई मिलाएर सविधान बनाउन सुझाव दिए अनुसार अध्यक्ष प्रचण्डले मधेशवादी दलका नेताहरुसँग छलफल चलाएका छन् । १६ बुँदे सम्झौतापछि मधेशवादी र माओवादीबीच सम्बन्ध टुटेपछि आज पहिलो पटक यसरी भेट भएको हो । यी मधेशवादी दलका नेताहरु मस्यौदाको विरुद्धमा आन्दोलन गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया