राकेश यादव,रौतहट ६ साउन । रौतहटको जिंगडवा बेलबिछवा गाबिस स्थित एउटा घरमा भएको आगलागी बाट ६ लाख बराबरको सामान जलेर नष्ट भएको छ । स्थानिय शेख नजिरको घरमा बुधवार दिउसो अचानक भएको आगलागी बाट घरमा रहेको अन्न,लता,कपडा, लगायतका सामान जलेर उक्त मुल्य बराबरको क्षती भएको हो । घरका बालबालिकाले घरमा कोही नरहेको समय सलाही बालेर खेल्दा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएस्पी शुधिरराज शाहीले बताएका छन ।
आगलागी गाँउले,र प्रहरीको सहयोगमा नियन्त्रण भएको स्थानिय अजय साहले बताएका छन । आगलागी बाट कुनै मानबिय क्षति भएको छैन ।



तपाईको प्रतिक्रिया