Khadya Bibhag

सशस्त्रका डिआइजी पौडेलद्धारा मन्दिर उदघाटन

राकेश यादव,रौतहट ६ साउन । सशस्त्र प्रहरी रुद्र वाहिनी गण बारा पथ्लैयाका गणपती एवं डिआइजी रामशरण पौडेलले जनतालाइ गुणस्तरिय शेवा आजको आवश्यकता रहेको बताएका छन ।
रौतहटको हजमिनिया स्थित सशस्त्र प्रहरी सिमासुरक्षा कार्यालयमा बुधवार एक समारोह बिच नव निर्मित पाथीभरा देवीको मन्दिर उदघाटन गदै उहाँले सशस्त्र प्रहरी सदैव राष्ट् राष्ट्यिता र जनता प्रती पुर्ण समर्पित रहने बताएका छन । हालै आएको महा भुक्मपमा समयमै पिडितको उद्धार तथा राहत सामग्री पुरयाएर सशस्त्र प्रहरीले राष्ट्यि तथा अन्तरराष्ट्यि जगतमा जुन गरीमा पाएको छ  त्यसलाइ त्यसलाइ कहिलै बिर्सिनु नहुने डिआइजी पौडेलले बताएका छन । देवीको मन्दिर शक्तीको स्रोत र सबै कामगर्न सहयोग पुरयाउने भएकाले मन्दिर निर्मार्ण गर्नु सराहनिय कार्यभएको उनले बताएका थिए ।
निर्माणकार्यमा भएको सहयोग बाट सशस्त्र प्रहरी र नागरीक बिचको संम्बन्ध झल्काउने उनले बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआइजी पौडेलले ताप्लेजुंगमा रहेको मुल पाथिभरा मन्दिरमा जान नसक्नेको लागी उक्त मन्दिर निर्माण बाट दर्शन गर्न सहजै अवसर पाउने बताएका थिए । त्यसैगरी मन्दिर निर्माण समितिका अध्यक्ष एवं सशस्त्र सिमासुरक्षा कार्यालय रौतहटका प्रमुख एस्पी बिदुर खडकाले सशस्त्र प्रहरीले जिल्लामा बिभिन्न सामाजिक शेवाका कामहरु गर्दैआएको बताएका थिए । सशस्त्र प्रहरीले जिल्लामा रक्तदान,सरसफाइ जस्ता सामाजिक कार्य गर्दैआएको र गर्दै रहने बताउदै खडकाले मन्दिर निर्माणका सहयोहीहरु प्रती कृतज्ञता ब्यतm गरेका थिए । सशस्त्र प्रहरीका डिएस्पी भोला गिरीले सहयोगीहरुबाट प्राप्त नगद तथा जिन्सी गरी करीब पाँचलाखको प्रतिवेदन प्रस्तुत गरेका थिए । नगद,जिन्सी, मुर्ती र अन्य निर्माण सामग्रीगरी कुल ११लाख ५० हजारको लागतमा मन्दिरको निर्माण कार्य पुराभएको सशस्त्र प्रहरीले जनाएको छ । मन्दिर निर्माणका सहयोगीहरु लाइ दोसाला ओढाइ सम्मान नव निर्मित पाथिभरा मन्दिरमा नगद तथा जिन्सी सहयोग गर्ने दाताहरुलाइ सोही अवसरमा डिआइजी पौडेल तथा सिडिओ मदन भुजेलले दोसाला ओढाइ सम्मान गरेका थिए । मन्दिरका मुर्ती प्रदानगर्ने मारवाडी समाजका सचिन अग्रवाल,संतोष अग्रवाल,राजु अग्रवाल र रितेष अग्रवाललाइ डिआइजी पाडेलले दोशाला आढाइ सम्मान गरेका थिए । त्यसैगरी नगद तथा जिन्सी सहयोग गर्ने राजदेवी एफएमका अध्यक्ष सम्भु साह,बस ब्यवशाइ संघ रौतहटका जिल्ला अध्यक्ष लालबाबु गिरी, राजेश गुप्ता,लगायतलाइ सिडिओ भुजेलले दोसाला ओढाइ सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया