राकेश यादव, रौतहट ६ साउन । रौतहटस्थित संयुक्त मधेशीमोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयको हाता भित्रै गृहमन्त्री बामदेव गौतमको पुतला डहन गरेका छन । बुधवार अपरान्ह पाँचबजे कार्यालय समय सके लगतै दर्जनौको संख्यामा गएका मोर्चाका कार्यकर्ता
हरुले एमाले बिरुद्ध चर्का नारा लगाउदै गृहमन्त्री गौतमको पुतला डहन गरेका हुन।
एमाले शुरुदेखी नै मधेश बिराधीरहेको र मधेशलाइ युपी बिहारको संज्ञा दिएको तथा पुर्वप्धान मन्त्री माधव कुमार नेपाल मस्यौदा माथी सुझाव संकलन कार्यमा गुण्डाको रपमा आफना कार्यकर्ता र प्रहरी खटाएर मोर्चाका कार्यकर्ता दमन गरेको आरोपमा पुतला डहन गरीएको सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जम्शैदले बताएका छन । पुतला डहनको अवसरमा तमलोपाका जिल्ला अध्यक्ष बाबुलाल साह,फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादव र शेख जम्शैदले नेतृत्व गरेका थिए ।



तपाईको प्रतिक्रिया