पर्सा, ६ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ७ गते वीरगञ्जमा विरोध सभा गर्ने भएका छन । सरकारले मधेश विरोधी लयाएको संविधानको मस्यौदाको विरोधमा मधेशीहरुले विरोधगरेपछि सरकारले मधेशीहरुलाई दमन गरेको हुनाले बिहीबार वीरगन्जको गोपाल मण्डली धर्मशलामा मोर्चाका नेताद्धारा विरोध सभा गर्ने भएका छन ।
विरोध सभालाई सम्बोधन गर्न उपेन्द्र यादव, महन्त ठाकुर,महेन्द्र राय यादव,राजेन्द्र महतो लगाएत नेताहरु कार्यक्रममा सहभागि हुने बुधबार संिघय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवले बताएका छन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको प्रस्तावित मस्यौदाको विरोधमा आन्दोलन जारी राख्ने निर्णय गरेको छ । मधेसी मोर्चाले ७ गते वीरगञ्ज, ८ गते भैरहवा, १० गते जनकपुर र ११ गते बिराटनगरमा विरोध सभा गर्ने निर्णय समेत गरेको छ । तर, उसले मधेस बन्द भने स्थगित गरेको छ । मस्यौदाको विरोधका क्रममा दमन भएको भन्दै मंगलबार मधेसमा बन्द आहृवान गरेको थियो । मंगलबार अपराहृन बसेको मधेसी मोर्चाको बैठकले मधेस बन्द सफल भएको र संविधानको मस्यौदा जनताबाट अस्वीकृत भएको ठहर गरेको छ । बैठकले आन्दोलनका क्रममा प्रशासनले दमन गरेको भन्दै भत्र्सना गरेको छ । साथै घाइतेहरुको निःशुल्क उपचार गर्न र पक्राउ परेकाहरुलाई रिहा गर्न माग समेत गरेको छ ।



तपाईको प्रतिक्रिया