Khadya Bibhag

बारामा झडप हुँदा सात जना घाइते

काठमाडौ साउन ५ गते । संविधानको प्रारम्भिक मस्यौदा माथीको छलफल कार्यक्रमलाई बाहिष्कार गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले मस्यौदा च्यातेर त्यसको विरोध गरेका छन् ।
सो क्रममा बाराको क्षेत्र नम्बर ४ मा मधेशवादी दलका कार्यकर्ता र प्रहरी विच झडप पनि भएको थियो । बाराको गढिमाई नगरपालीका ९ छातापिप्रामा भएको कार्यक्रममा मधेशबादी दलका कार्यकर्ताले अवरोध पु¥याएपछि स्थिती तनाबग्रस्त बनेको थियो ।
तराई मधेश लोकतान्त्रीक पार्टीका सहमहामन्त्री सोनलको नेतृत्वमा रहेका मधेशवादी दलका कार्यकर्ता र प्रहरी बीच झडप हुँदा ७ जना घाइते भएका छन् । झडपमा पिंकी यादव, राजाराम साह, चन्दन साह, कारीम साह, रुपेश साह, तरुण सहनी, विरेन्द्र सोनल लगायतका युवा कार्यकर्ता घाईते भएको सहमहामन्त्री सोनलले जानकारी गराए ।
 बारा ४ बाट निर्वाचीत एमाले सभासद नेजमा खातुनको बा ३ च ७४२४ नम्बरको गाडीमा मधेशवादी दलका कार्यकर्ताले तोडफोड गरेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले दुइ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । मधेशवादी दलले अवरोध पु¥याएपछि बन्द कोठा भित्र केहि व्यक्तीको सुझाव संकलन गरी कार्यक्रम सकिएको घोषणा गरिएको थियो । यस अघि स्थानीय नेरा उच्च माविको प्राङ्गणमा सुझाव संकलन कार्यक्रम गर्ने तय गरिएको थियो ।

तपाईको प्रतिक्रिया