काठमाडौ साउन ५ गते । संयुत्तm लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आज १ दिनकालागि मधेश बन्दको आह्वान गरिएको छ । मधेश बन्दका कारणले मधेशका जिल्लाहरुको विहानैदेखि जनजिवन प्रभावित भएको छ ।
संविधानको पहिलो मस्यौदामाथी जनताको सल्लाह सुझाव संकलन गर्नका लागि हिजो देशैभरी आयोजना गरिएको कार्यकम्रमा मधेशका जिल्लाहरुमा सरकारद्धारा मधेशीमाथि गरिएको दमनको विरुद्धमा संयुक्त लोकतान्कि मधेशी मोर्चाले पे्रस विज्ञप्ति निकालेर आज मधेश बन्दको घोषणा गरेको छ ।
बन्दका कारण मोरङ, सप्तरी, सिरहा, जनकपुर, महोतरी, रौतहट , सर्लाही, वारा, पर्सा लगाएतका जिल्लाहरुमा आज विहानै देखि सवारी साधनहरु , उदयोग कलकारखानाहरु, विधालय, शैक्षिक संस्थाहरु बन्द रहेको छ ।
सवारी साधनहरु सञ्चालन नहुदा यात्रुहरु मर्कामा परेका छन् । त्यस्तै विधार्थीहरुको पनि पठनपाठन अवरुद्ध भएको छ । साथै संविधानको मस्यौदाको विरोधमा मधेशको जिल्लाहरुमा ठाँउ ठाँउमा टायर बालेर नारा जुलुस लगाइरहेका छन् । मधेशको अवस्था आज पनि समान्य नरहने भएको छ ।
मधेश र मधेशी घातक सरकार बिरुद्ध मधेशी मोर्चा द्धारा मधेश को २२ औं जिल्ला बन्द छ । बन्द को क््रmममा पर्सा को बिरगंज बजार पुर्ण रुपमा बन्द भएको छ । बिरगंज को पावरहाउस नजिक केही सवारी साधनहरुमा प्रदर्शनकारीहरुले तोडफोड गरिएको छ । मधेशी मोर्चा ले गरेको मधेश बन्द मा माओवादी बैघ समुहले आफनो सहभागीता गराएको छ । बिरगंज मा मोर्चाले आफनो बिरोध रैली शान्तीपुर्वक नगर परिक््रmमा गराउने क््रmममा खुला पसलहरु बन्द गराउंदै रैली घुमाएका छन ।



तपाईको प्रतिक्रिया