एजेन्सी— भारतको मध्य प्रदेश र झारखण्डमा दुई दिनदेखिको जारी अविरल भारी वर्षाका कारण आएको बाढीमा परि हालसम्म २२ जनाको मृत्यु भएको छ । भने बाढीमा परि थुप्रै बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारी वर्षको कारणले आएको वाढीले गर्दा सडक अवरुद्ध भएको र रेल सेवा पनि प्रभावित भएको बताइएको छ । मध्य प्रदेशको राजधानी भोपालमा १० जनालाई बाढीले बगाएको बताइएको छ । त्यस स्थानमा हालसम्म ८ जनाको शव बरामद गरीएको छ ।
मध्य प्रदेशको मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । साथै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीब्र बनाउन निर्देशन समेत दिएका छन् । त्यसैगरी उज्जैन र इंन्दौर जिल्लामा पनि भारी वर्षा जारी रहेको र वर्षाले जनजीवन प्रभावित भएको छ । इन्दोर, उज्जैन, होशंगाबाद र हरदा जिल्लामा २४ घण्टासम्म वर्षा हुने त्यहाँको प्रदेश मौसम विभागले जनाएको छ । यता झारखण्डमा पछिल्लो तीन दिन देखी जारी भारी वर्षाका कारण हालसम्म १२ जनाको मृत्यु भएको बताइएको छ । बाढीले गर्दा मध्य प्रदेश र झारखण्डका करिब आधा दर्जन पुल क्षतिग्रस्त भएको छ ।



तपाईको प्रतिक्रिया