Khadya Bibhag

सशस्त्र प्रहरी क्याम्पभित्र सुझाव संकलन

सिरहा, साउन ४ गते । सिरहा क्षेत्र नं. ६ मा सशस्त्र प्रहरी क्याम्पमा जनतासँग राय सुझावा लिएका छन् । सविधानको प्रारम्भिक मस्यौदामाथि जनतासँग राय सुझाव लिन सभासद्हरु आआफ्नो क्षेत्रमा गएका छन् तर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सुझाव संकलन कार्यक्रमलाई बिथोल्न थालेपछि प्रहरीले सुरक्षाका लागि क्याम्पमा कार्यक्रम राखेका थिए ।

क्षेत्र नं. ६ मा भएको कार्यक्रमलाई विथोल्न र बहिष्कार गर्न तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं विद्यार्थी नेता सुरेश मण्डलको नेतृत्वमा मधेशीका कार्यकर्ताहरु कार्यक्रमस्थल पुगेका थिए । क्याम्पभित्र छिर्दा सबैलाई कडा चेक जाँच गरेका थिए । मधेशी मोर्चाका कार्यकर्ताहरु कार्यक्रम स्थलभित्र गएर आफ्ना कुरा राखेर कार्यक्रम बहिष्कार गर्ने भन्दै नारावाजी गर्दै बाहिरिएका थिए । मधेशी मोर्चाका कार्यकर्ता बाहिरिएपछि कार्यक्रमको हल पुरै खाली भएको थियो । काँग्रेस, एमाले र एमाओवादीका करिब ५० जनाको बीचमा सुझाव संकलन कार्यक्रम भएको नेता मण्डलले बताए । अरु केही व्यक्ति त्यहाँ कार्यक्रममा जान चाहेका थिए तर प्रहरीको डर लाग्दो सुरक्षा थियो त्यहाँ आमजनता पनि जान मानेका थिए ।

तपाईको प्रतिक्रिया