Khadya Bibhag

मस्यौदामा सुझाव लिन सुरक्षा अवस्था कडा

File Photo

पर्सा, साउन ३ गते । भोलिदेखि हुन लागेको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यलाई लक्षित गरी स्थानीय प्रशासनले पर्सा जिल्लाको सुरक्षा व्यवस्था  कडा पारेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाएको छ ।

संविधानको मस्यौदामा राय सुझाव दिनका लागि तोकिएको सबै स्थलमा सुरक्षाको भरपर्दो र प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्कता साथ यसमा सहभागी हुन सबै नागरिकमा स्थानीय प्रशासनले अपिल गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले संविधानको मस्यौदामाथि राय सुझाव लिनका लागि खटिएका सभासद्, कर्मचारी र सहभागी सबै नागरिकको सुरक्षाका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया