रकेश यादव
रौतहट साउन ३ गते । गए राती रौतहटको चन्द्रपूर नगरपालीका ८ स्थित पौराइमा हतियारसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा चन्द्रपूर नगरपालिका ८ पौराइ बस्ने ३६ वर्षीय रत्न माझी रहेको छ । उसको साथबाट एक थान भरुवा बन्दूक बरामत भएको इलाका प्रहरी कर्यालयले जनाएको छ ।
गएराती १० बजेको आफ्नै दिदी र भिनाजू रामबाबु माझीसँग झगडा गरिरहेको अवस्थामा प्रहरी चौकीबाट पुगेका प्रहरीको गस्ती टोलीले हतीयारसहित रत्न माझीलाई पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई आवश्यक अनुशन्धान र कारवाही पक्रिया अघि बढाइएको प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरीले बताएका छन् ।



तपाईको प्रतिक्रिया