साउन महिनाको ज्योत्षी
साउन महिना १२ महिनाहरू मध्यको एक महिना हो । सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुसार साउनको सुरुवात अषाड पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ । शाक्य पञ्चांगका अनुसार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ । सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ । अङ्ग्रेजी महिनाको जुलाई र अगस्त आधा आधा महिना श्रावण महिनामा पर्दछन् । श्रावण महिना बर्षाऋतुको पहिलो महिना हो । यो महिनामा सूर्य कर्कट राशिमा रहन्छ । श्रावण महिनामा नेपाल तथा भारतीय समुदायको मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन् । श्रावण एक गते विभिन्न रोग व्याधको शान्तिकोलागी राँके (साउने) सक्रान्ति पर्व मनाई नाग पञ्चमीको दिन नागको चित्र बनाएर घरमा टाँस्नाले सर्प र चट्याङको डर हुदैन भन्ने परम्परा रहेको छ ।
श्रावण शुक्ल पुर्णिमाको दिनमा जनै पुर्णिमा र रक्षा वन्धन दुईवटा पर्व पर्दछन् । यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने जनैको पुजा गरेर भंडार गरी राख्ने प्रचलन छ । साथै यस दिनमा तराई मधेशमा क्षेत्र तथा भारतमा दिदि बहिनिहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अर्थात रक्षाबन्धन बाँध्ने गर्दछन् । मधेशका स्थानियहरुले नैनेल, मष्टा, अधिकारी, जगनाथ, आदि देवी देवताहरूको पुजा गरिने प्रचलन पनि पूर्वकाल देखी चल्देँ आउको छ ।
साउनमा मधेशी महिला
श्रावण महिना सुरु भए लगतै तराई मधेशको महिला वर्गमा एउटा नौलो किसिमको उत्साह आउछन । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना भएकोले गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफासुगर बन्ने महिनाको रुपमा लिईन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते वाट खेतीको काम सकेर हिलो मैलोको काम सकिएको बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन । खेती किसानी संगै मधेशमा महिलाहरुले साउन महिनामा हरियो पहिरन र चुरापोते, मेहदी लगाउने प्रचलन रहेको छ । मधेशी महिलाको अनुसार विवाहित हिन्दु महिलाहरु पतिको दिर्घायुको लागी साउन महिनामा हरियो चुरा र हरिया पहिरनहरु लगाउने गर्दछन् भने अविवाहित महिलाले हरिया पहिरनमा आकर्षण देखिनको लागि लगाउने गरिन्छ । वर्षा, प्रेम र झरीको सँगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागी अर्को महत्वको महिना हो । मधेश मुलका महिलाहरु खास गरि विवाहित देखि अविवाहित महिलाहरुले सोमवार व्रत वस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ । धामिर्क कथन अनुसार साउन महिनामा भगवान् कृष्ण र राधाले रासलीला रचाएको र भगवान शिवको अति प्रिय महिना पनि साउन नै भएको हुनाले भगवान शिवलाई खुसी बनाउन साउन महिनामा शिवको बिशेष पूजा आराधना गर्ने र शिव मन्दिरहरु काँवर लिएर जल चढाउने प्रचलन पनि रहि आउको छ ।
मधेशी महिलाको सोमवारी व्रत
मधेश मुलका महिलाहरु खास गरि विवाहित देखि अविवाहित महिलाहरुले सोमवार व्रत वस्ने गर्दछन् । विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो वरको कामना सहित साउनको सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ । मधेश मुलका महिलाहरूले विभिन्न ठाउँमा गई थरीथरीका झारपात र फूलहरू टिपि डालाभरी सजाएर ल्याउने गर्छन् र त्यही फूलपात लिएर बिहान पल्ट नागदेवताको पूजा, भजनकिर्तन गाउने गदर्छन् । यो पर्वको अन्तिम दिन नागको विशेष पूजा गरी पूजाको विसर्जन गरिन्छ । यस पर्वमा नागलाई फूल, पान अकन, बेलपत्र, जाहीजुही, निबुको पात, अम्बाको पात, मानक पात, फलफूल, मिठाई, दुध–लावा‘.आदि चढाउने चलन छ । यसरी विशेष रूपमा गरिने यो पूजालाई भक्ति भावले गरेपछि नागदेवता प्रसन्न हुन्छन् र पतिलाई दिर्धायू र घरपरिवारलाई कल्याण गर्छन् भने कुमारी महिलाहरुलाई सुन्दर,शुशिल वर पाउने मधेशी मान्यता अनुसार विश्वास रहेको छ ।
रक्षा वन्धन
साउन महिनाको अन्त्य तिर मधेशमा रक्षा बन्धन वडो उत्साह पूर्वक बहिनीले भाईको हातमा राखी वाँधेर मनाउने चलन रहेको छ । साउन पुर्णिमाको दिन प्रातः नुहाइ धुवाइ गरेर बहिनहिरुले पुजाको थालीमा राखीको साथमा दिप,चन्दन,मिठाइ इत्यादी लिएर अभिष्ट भन्ने देवतालाई सम्झेर दाजुभाइलाई टिका लगाएर मिठाइ ख्वाइ, लामो दिर्घायुको कामना गर्दै दाँया हातमा राखी वाँधने मधेशको महिलाहरुको पुरानो चलन रहेको छ । मधेशमा दाजुभाइले बहिनीको रक्षा गर्ने प्रतिवद्धताको साथ उपहारहरु पनि दिइने प्रचलन परापूर्वकाल देखी नै चल्दै आइरहेको मान्यता रहेको छ ।



तपाईको प्रतिक्रिया