ललितपुर , परमशक्ति पीठ नेपाल सेवा समितिको आयोजना तथा युवा जागरण पर्यावरणीय मञ्च रेडियो पर्यावरण १०४.२ मेगाहर्जको सहभागितामा लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोदावरी टौखेलको सल्लाघारीमा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नु भयो । स्वास्थ्य शिविरकी को–अर्डिनेटर नायिका करिश्मा मानन्धरको स्वागत मन्तव्यबाट शुरु भएको समुद्घाटन समारोहमा कलाकारहरु दीपाश्री निरौला,बिनोद मानन्धर,केदार घिमिरे (माँग्ने बुढा), डा.सि.के.सिंह, ईन्द्र दोँग लामा (खम्बे),माँ साध्वी शिरोमणि,माँ स्वरुप,महिला अधिकारकर्मी ऋषिमाया पोख्रेल, युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा.अष्टमान किसी मर्हजन,गोदावरी नगरपापाकिाका कार्यकारी अधिकृत ईन्द्र गौतम, स्थानीय समाजसेवी श्याम सिलवाल लगायतको सहभागितामा आरम्भ भएको निःशुल्क स्वास्थ्य शिविरमा ३१० जना बिरामीहरुको रोग परिक्षण पश्चात औषधि बितरण गरिएको थियो । डाक्टर्स गुडविल फाउण्डेशन यु.एस.ए.का अध्यक्ष डा. कान्तिलाल भलानीको चिकित्सक टोली र नेपालका डा.सि.के.सिंहको नेतृत्वमा निःशुल्क स्वास्थ्य शिविर श्रावण १ गते तारकेश्वर नगरपालिका तिनपिप्ले, श्रावण २ गते पशुपतिनाथ मन्दिरको पश्चिम ढोका र श्रावण ४ गते बोडे पुर्नस्थापना केन्द्र,निलबाराहीमा सञ्चालन भई समापन हुनेछ । –डी.पी.शाह चक्रवर्तीबाट ।



तपाईको प्रतिक्रिया