प्रेस बिज्ञप्ति
मस्यौदा समितिद्वारा संविधानसभामा प्रस्तुत गरिएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त मस्यौदा नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ र ८२ को प्रतिकूल हुनुका साथै समानुपातिक समावेशीता, पहिचान र प्रादेशिक स्वायत्ततासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको भावना विपरीत रहेको छ । उक्त कार्यले सर्वोच्च अदालतको अन्तरिम आदेशको उल्लंघन पनि गरेको छ । मस्यौदाले विगतका संविधानसभामा भइसकेका सहमति, राज्य पुनर्संरचना आयोगको प्रतिवेदनका साथै मधेश जनविद्रोह, आदिवासी जनजाति लगायतका आन्दोलनका बेलामा भएको सम्झौताको उल्लंघन गर्नुका साथै यो मस्यौदा यथास्थितिवादी तथा प्रतिगमनकारी चरित्रको रहेको हाम्रो ठहर छ । अधूरो र अपूरो मस्यौदाका साथ जनमत संकलन गर्न विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा गएको केन्द्रीय सुझाव संकलन टोलीको कार्यक्रम लगायत कुनै पनि प्रक्रियामा सहभागी नहुने र आफ्ना विरोधका कार्यक्रमलाई निरन्तरता दिइनुका साथै सुझाव संकलनका सबै कार्यक्रमहरुलाई बहिष्कार यथावत जारी रहनेछ । ३० असार २०७२
उपेन्द्र यादव
अध्यक्ष— संघीय समाजवादी फोरम, नेपाल



तपाईको प्रतिक्रिया