Khadya Bibhag

सुनसरीका १२ हजार बालबालिका विद्यालय बाहिर

सुनसरी, असार २८ गते । सुनसरी जिल्लाका १२ हजार बालबालिका अझै पनि विद्यालय बाहिर रहेको एक तथ्या¬ङकबाट थाहा भएको छ ।

कतिपय ठाउँमा नजिक विद्यालय नभएको कारणले बालबालिका विद्यालय बाहिर रहेका छन भने कतिपय ठाउँमा विद्यालय नजिक भए पनि अशिक्षा, बेरोजगारी, गरिबी, विपन्नतालगायतका कारणले विद्यालयमा भर्ना भएका छैनन् ।

त्यसैगरी विद्यालयमा राम्रोसँग पढाइ नभएको र सरकारी अनुगमन प्रभावकारी नभएका कारणले बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

जिल्लामा सवा लाख विद्यालय उमेर समूहका बालबालिका रहेकामा १२ हजारभन्दा बढी विद्यालय जानबाट वञ्चित रहेको शिक्षा स्रोतले जनाएको छ । 

तपाईको प्रतिक्रिया